डडेल्धुरामा कारागारमा जबरजस्ती करणीमा संलग्न कैदिबन्दी धेरै

डडेल्धुरा – जिल्ला कारागार डडेल्धुरामा कैद भुक्तान गरिरहेका कैदिबन्दी मध्ये आधा संख्या जबरजस्ति करणी मुद्दा आरोपमा कैद भुक्तान गरिरहेकाहरु छन् ।

bishal shuit house

महिला पुरुष गरि १०३ जना कैदिबन्दी रहेको कारागारमा जबरजस्ति करणि मुद्दामा कैद भुक्तान गरिरहेकाहरुको संख्या ४४ छ । यसमा जबरजस्ति करणि मुद्दाका ३८ जना जबरजस्ति करणि उद्योग मुद्दाका ६ जना रहेको जेलर जितेन्द्र प्रशाद ओझाले बताए ।

joshi vada pasal 2

कारागार डडेल्धुरामा कैदिबन्दिको क्षमता १४५ जना रहेको छ । क्षतमका आधारमा कैदिबन्दिको संख्या कम रहेको छ । जसमा पुरुषको क्षमता १२५ जना र महिलाको क्षमता २० जना छ । कारागारमा अहिले पुरुष ९४ जना र महिलाको संख्या ९ जना रहेको जेलर ओझाले जानकारी दिए । कारागारमा तीन जना जेष्ठ नागरिक पुरुष समेत रहेको उनले बताए ।

बैतडी, बझाङ र डोटी कारागारहरुमा महिला कैदिबन्दिका लागि व्यवस्था नभएका कारण कारागार डडेल्धुरामा पठाईने भएकाले महिलाको संख्या नौ जना पुगेको उनले बताए ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.