दार्चुलाका बालबालिकालाई विद्यालयमै फाइजर भ्याक्सिन लगाइँदै

दार्चुला – दार्चुलाका २० हजारभन्दा बढी बालबालिकालाई सोमबारबाट विद्यालयमै कोरोनाविरुद्धको फाइजर भ्याक्सिन खोप दिन थालिएको छ । पाँचदेखि ११ वर्षमुनिका जिल्लाभरिका २० हजार तीन सय ९२ जना बालबालिकालाई कोरोनाविरुद्धको फाइजर भ्याक्सिन खोप दिन थालिएको हो ।

bishal shuit house

स्वास्थ्य कार्यालय दार्चुलाका खोप सुरपरभाइजर वीरेन्द्र भट्टका अनुसार यही सोमबारदेखि १० गतेसम्म जिल्लाभरि खोप अभियान सुरु भएको छ । नौवटै स्थानीय तहका चार सय २९ वटा खोप केन्द्रमार्फत खोप लगाउन थालिएको हो । खोप अभियानका लागि एक सय ५७ जना खोप दिने स्वास्थ्यकर्मी, ९८ जना सुपरिवेक्षक र आठ सय ९२ जना स्वयंसेवक परिचालन गरिएको छ ।

joshi vada pasal 2

जिल्लाभरिका बालबालिकालाई खोप लगाउन प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट कुल ४० हजार पाँच सय डोज फाइजर खोप प्राप्त भएको भट्टले बताए ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.