
डोटी – डोटीबाट लागुऔषध सहित एक युवक पक्राउ परेका छन् । लागु औषध ओसारपसारमा संलग्न भएको आरोपमा कैलालीको गौरीगंगा नगरपालिका – ८ का २९ वर्षीय रमेश जोशी पक्राउ परेका हुन ।
अत्तरियाबाट अछामको साँफेबगर जाँदै गरेको ना ५ ख ४१६ नम्बरको गाडीमा उनको साथबाट ६ ग्राम २५० मिलीग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।


















