डोटीमा उप–मेयर कप महिला तीज प्रतियोगिता हुने

डोटी – डोटीमा जिल्ला स्तरीय उप–मेयर कप महिला तीज प्रतियोगिता आयोजना गरिने भएको छ । महिलाहरूको महान् चाड हरितालिका तीजको अवसरमा जिल्ला स्तरीय तिज प्रतियोगिता आयोजना हुने आइतबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।

bishal shuit house

दिपायल सिलगढी नगपालिका, भैरव प्रसाद गण र त्रिवेणी एफएमको संयुक्त आयोजनामा भदौ ७ गते देखि १४ गते सम्म हुने कार्यक्रममा तीज खेल प्रतियोगितासँगै, दर खाने कार्यक्रम र देउडा गीत प्रतियोगिता हुने आयोजकले जनाएको छ ।

joshi vada pasal 2

भदौ ७ र ८ गते कबड्डी प्रतियोगिता, ९ र १० गते भलिबल प्रतियोगिता , १० र ११ गते फुटबल प्रतियोगिता टुँडिखेलमा हुने आयोजकले जनाएको छ। त्यस्तै १० गते सिलगढीमा र ११ गते दिपायलमा महिलाहरूलाई दर खुवाउने र नाचगानको कार्यक्रम आयोजना गरिने छ । दरखाने कार्यक्रम सिलगढी टुँडिखेल र दिपायल स्थित दिल्पेश्वर मठमा हुनेछ । कार्यक्रममा भैरव प्रसाद गणले मेडिकल क्याम्प पनि राख्ने जनाएको छ ।

प्रतियोगितामा जिल्लाका ९ वटै स्थानीय तहबाट महिलाहरूको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा सबै विधाका खेलमा पुरस्कार र प्रमाण पत्रको दिने व्यवस्था गरिएको छ। प्रथम हुने टिमलाई १५ हजार , द्वितीय हुनेलाई १० हजार र प्रमाण पत्र वितरण गरिने आयोजकले जनाएको छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.