सहज स्वास्थ्य सेवाका लागि तदारुकता देखाउँ

सुदूरपश्चिम प्रदेश देशकै विकट प्रदेशका रुपमा चिनिन्छ । यस प्रदेशका ९ जिल्लामध्ये कैलाली र कञ्चनपुर बाहेकका बाकी ७ जिल्ला पहाडी क्षेत्रमा पर्दछन । जहाँ हालसम्म पनि सहज रुपमा स्वास्थ्य सेवा पुग्न सकेको छैन । पहाडी जिल्ला डोटी, डडेल्धुरा, बझाङ, बैतडी, दार्चुला, बाजुरा र अछाममा अझै पनि स्वास्थ्य सेवा लिन घण्टौ हिड्नुपर्ने बाध्यता छ । मानिसलाई सबैभन्दा बढी आवश्यक पर्ने स्वास्थ्य सेवा कै लागि घण्टौ हिड्नुपर्ने बाध्यताका बिच पनि उपयुक्त उपचार नपाएर खाली हात घर फकर्नु पर्ने अवस्था यहाँका स्थानियबासीको छ ।

maya metro hospital

सामान्य रुपमा भएका घटनाहरुको उपचारका लागि पनि कैलाली तथा कञ्चनपुरका अस्पतालहरुमा रिफर हुनुपर्ने स्थितीका बिच बाँचेका पहाडी नागरिकको दैनिकी नै कष्टकर बन्न पुगेको छ । उपयुक्त र आवश्यक समयमा स्वास्थ्य सेवा नपाउँदा यहाँका कतिपय नागरिकहरुले अकालमै ज्यान गुमाईसकेका छन भने बाँकी को हालत पनि त्यस्तै छ । मानिसका लागी सबैभन्दा महत्वपुर्ण भनेको स्वास्थ्य हो ।

joshi vada pasal 2

मानिस स्वस्थ भएमात्रै दैनिक क्रियाकलाप सहज रुपमा सम्पन्न गर्न सक्छ र देशको अर्थतन्त्रमा पनि केही योगदान दिन सक्छ । पहाडी क्षेत्र, त्यसमा पनि कतिपय स्थानमा सडक सञ्जाल नै नपुगेको अवस्थाका बिच सानो तिनो बिरामी हुँदा पनि उपचार नपाएर नागरिक मर्छ भने त्यसको दोष सरकारले लिनुपर्छ ।

देशका संघीयता आए यता केही स्थानमा स्वास्थ्य अवस्था फेर्न खोजिएको अनुमान गर्न सकिन्छ । तर उक्त स्वास्थ्य अवस्था पहाडी जिल्लाहरुका पनि बजारमुखी मात्रै बनेका छन । बजार भन्दा बढी गाउँघर मुखी स्वास्थ्य सेवा दिन सरकार अझै पनि असफल बनेको छ ।

सरकारले नागरिकको नैसर्गिक अधिकारलाई पनि सहज रुपमा उपलब्ध गराउन नसकेको अवस्था छ । सरकारले अब शहरमुखी मात्रै नभएर गाउँतिर पनि ध्यान दिनुपर्दछ । चुनावको बेला भोट बैंकको रुपमा प्रयोग गरिने गाउँका सोझासाझा जनताहरुको मनोभाव बुझ्ने प्रयास सरकारले गरेको देखिदैन । सधैभरी त्यही गल्ती नदोहो-याई पहाडी क्षेत्रका जनताहरुलाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने वातावरण सरकारले सृजना गर्नुपर्दछ ।

शहरको जस्तो पाईलै पिच्छे पहाडी क्षेत्रमा न त मेडिकल नै हुन्छन तर अस्पतालहरु नै । पहाडी क्षेत्रमा अझै पनि सामान्य औषधीहरु समेत नपाईरहेको अवस्था छ । जनताको हितका लागी र पहाडी क्षेत्रका जनतालाई सरकार भएको अनुभुती दिलाउन पनि स्वास्थ्य सेवामा सहजता ल्याउन सरकारले तदारुकता देखाउनुपर्दछ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.