अत्तरियामा संचालित कान शिविरबाट ७४ जनाको शल्याक्रिया

अत्तरिया – सुदूरपश्चिम प्रदेशमा इम्प्याक्ट नेपालको आयोजना गरेको कान शिविरबाट ७४ जनाको शल्यक्रिया गरिएको छ । इम्प्याक्ट नेपाल र सिबिएमको आर्थिक सहयोगमा यही साउन ३१ गते देखि भाद्र ५ गते सम्म अत्तरियामा आयोजना गरिएको निःशुल्क शल्यक्रिया शिबिरमा ६ सय जनाले ओपिडि सेवा लिएका छन ।

maya metro hospital

शिबिरमा टिचिङ हस्पिटल काठमान्डौका नाक, कान रोग बिभागका डाक्टर हिमपाली दत्त र सुष्मा भट्चन तथा इम्प्याक्ट नेपालको शल्यक्रिया टिमले सेवा दिएको थियो ।

आर्थिक समस्याका कारण लामो समय देखि कानको अप्रेशनका गर्न नसकेको विरामीले शिविरबाट लाभाम्बित भएको इम्प्याक्ट नेपालले जनाएको छ ।

attariya hospital

इम्प्याक्ट नेपालले बिगत साढे ४ बर्ष देखि सुदूरपश्चिम क्षेत्रमा अपागंताको क्षेत्रमा तथा बहिरोपना रोकथामका लागि काम गर्दै आइरहेको छ । जसको शाखाको रुपमा इम्प्याक्ट नेपाल कान उपचार केन्द्रको रुपमा अत्तरिया, बनखेतमा स्थापित भई कान सम्बन्धि सम्पुर्ण उपचार गर्दै आई रहेको छ ।

उक्त शाखाबाट हाल सम्ममा कानको निःशुल्क शल्यक्रिया लगायत जम्मा ३४१ जनाको कानको अप्रेशन, २१६ जना बहिरोपना भएका ब्यक्तीहरुलाई श्रवण यन्त्र मेशिन उपलब्ध गराई सकेको छ भने जम्मा करिब २१ हजार ७ सय जनालाई कान उपचार केन्द्रबाट सेवा प्रदान गरिसकेको इम्प्याक्ट नेपाल कान उपचार केन्द्र अत्तरियाका परियोजना अधिकृत राम बहादुर बोगटीले बताए ।

उनले अप्रेशन गर्नु पर्ने बिरामी अत्यधिक भएको समस्यालाई मध्यनजर गर्दै कार्तिक तेस्रो हप्ता देखि पुनः कानको निःशुल्क शल्यक्रिया शिबिर आयोजना गरिने बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.