बेलौरीका आधा दर्जन घर पसलमा चोरी

कञ्चनपुर – बेलौरी नगरपालिका १० भुडाका स्थानीय बासिन्दाका आधा दर्जन घर र पसलमा गएराति चोरी भएको छ । अज्ञात चोरहरुले घर र पसलबाट गरगहना, नगद रकम र पसलमा राखिएका सामान चोरी गरेर लगेका छन् ।

bishal shuit house

स्थानीय पसल सञ्चालकहरुका अनुसार कृमलाल चौधरीको घरबाट सुनको तिलहरी र मोवाईल गरी रु ५० हजारको सामान चोरी गरेका छन् । यसैगरी, साइकल पसल सञ्चालक लौटुराम चौधरीको पसलबाट दुई हजार पाँच सय नगद, खडक सिंह ठगुन्नाको पसलबाट केही नगदसहित सामान, सुन्दरलाल चौधरीको घरबाट सुनको तिलहरी र नाकमा लगाउने फुली, लाल बहादुर शाहीको घरबाट नगद १९ हजार, दुई वटा मोवाईल र रामकुमार चौधरीको घरबाट एक सेट मोवाईल चोरी भएको छ ।

joshi vada pasal 2

इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक दीपक पातलीले चोरीमा संलग्नहरुको खोजी कार्य भैरहेको बताए ।

 

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.