दार्चुलामा सडक खन्दै गर्दा पहिरो खसेर १ जना घाइते

दार्चुला – नेपाली सेनाद्वारा निर्माणाधीन काेठेधार-टिंकर सडकमा मजदुरी गर्ने एक जना कामदार घाइते भएका छन् । सडक खन्ने क्रममा माथिबाट खसेको पहिरोमा परी एक जना घाइते भएका हुन् ।

bishal shuit house

दार्चुला-टिंकर सडकअन्तर्गतको ब्यास गाउँपालिका-२ माल कोठेधार क्षेत्रमा माथिबाट पहिरो आइ भाग्ने क्रममा रुकुम जिल्ला आठबिसकोट नगरपालिका-१२ का १८ वर्षीय विजय पुन घाइते भएका हुन् ।

joshi vada pasal 2

शनिबार अपराह्न ४ बजेतिर सडकमा काम गर्दा गर्दै माथिबाट पहिरो खसेको तथा भाग्ने क्रममा पुन करिब ५० मिटर तल खसेका थिए । उनको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको दार्चुला टिंकर सडक आयोजनाले जनाएको छ । घाइते पुनलाई उपचारका लागि जिल्ला अस्पताल दार्चुला ल्याइ उपचार भइरहेको छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.