आत्महत्याका घटना रोकौं

मानिस निस्कृय भएर बस्न थालेपछि नकारात्मक भावनाले जित्ने गर्छ । अनि गलत बाटो समात्नेदेखि आत्महत्यासम्म गर्ने गर्दछ । यो मानिसमा हुने आवेगात्मक मनोविज्ञानमा हुने कुण्ठा पनि आत्महत्याको एउटा कारण मानिन्छ । आत्महत्याका घटनाहरु अधिकांस आर्थिक अवस्था कमजोर भएर, व्यापार व्यवसायमा घाटा भएर, पीडा सहन नसकेर, चेतनाको स्तर कमजोर भएर वा कुनै गल्ती ढाकछोप गर्न हुने गर्दछन ।

पछिल्लो केही समय यता सुदूरपश्चिममा पनि आत्महत्याका घटनामा वृद्धि भएको पाईन्छ । भरखरको युवा देखि वृद्धवृद्धाहरुले समेत आत्महत्या गरीरहेको तथ्यांकले देखाएको छ ।

joshi vada pasal 2
bishal shuit house

पछिल्लो १ बर्षको तथ्यांक हेर्ने हो भने कैलालीको तिन वटा पालिकामा मात्रै यसको अवस्था भयावह देखिन्छ । कैलालीका गोदावरी नगरपालिका, गौरीगगंगा नगरपालिका र चुरे गाउँपालिकाको तथ्यांक राखेको इप्रका मालाखेतीमा १ बर्षमा ४९ जनाले आत्महत्या गरेको देखिन्छ । उक्त तथ्यांक केलाउँदा ३ पालिकामा मात्रै ७ दिनमा १ जनाले आत्महत्या गर्ने गर्दछन ।

आत्महत्याका घटनामा कमी ल्याउन परिवारको मुख्य भुमिका हुने गर्दछ । आत्महत्या गर्न खोज्ने मानिसले मनमा धेरै कुरा राखेका हुन्छन । परिवारले त्यस्ता व्यक्तिका मनमा भएका नकारात्मक कुराहरु खोतल्ने प्रयास गर्नुपर्छ । मान्छेले मनका कुरा भन्न पाएमा उसको मन हलुका हुन्छ । यसमा परिवारको सहयोग अति आवश्यक छ । परिवारले चनाखो भएमा धेरै आत्महत्याका घटना बाट जोगाउन सकिन्छ ।

maya metro hospital

यस्ता मान्छले विशेष गरी एक हप्ताअगाडि देखि नै राम्ररी नसुत्ने, अलि उदास भएजस्तो देखिने, एकान्तमा बस्ने, पहिले जस्तो काम गर्ने इच्छ्या नदेखाउने, आफूले आफैंलाई घृणा गर्ने, आफ्नो जीवन अर्थहीन भएको महशुस गर्ने लगायतका लक्षणहरु देखाउने गरेको मनोपरामर्शकर्ताहरुले बताउदै आएका छन । त्यसैले आत्महत्याका घटना घटन नदिन परिवारले जिम्मेवार बनी आफ्नो परिवारका सदस्यको विचार बुझ्न जरुरी छ ।

जनचेतनामुलक कार्यक्रमहरुमा सहभागी गराउने, कुनै न कुनै काममा सक्रिय बनाईराख्ने, उचित परामर्श दिईराख्ने गर्नाले आत्महत्याका घटनामा कमी ल्याउन सक्छ । आत्महत्याका घटनाले उग्र रुप लिईरहेको छ, त्यसकारण यसको रोकथामका लागी आजैदेखि सबैले विचार पु-याउन जरुरी छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.