कैलालीको कटैनी नदीमा स्थानीयले श्रमदान गरेर काठेपुल निर्माण गर्दै

धनगढी – कैलालीको कैलारी गाउँपालिका –७ रामपुरस्थित कटैनी नदीले बगाएको अस्थायी काठे पुलको निर्माण सुरु गरिएको छ । सामुदायिक वनले काठ उपलब्ध गराएपछि भुइयाँफाँटा र रामपुर स्थानीय वासीले नदीमा नयाँ काठेपुल बनाउन जुटेका हुन् ।

bishal shuit house

पुल निर्माणका लागि दुवै गाउँको सामुदायिक वनले काठ उपलब्ध गराएको रामपुर गाउँका भलमन्सा (बरघर) रामलाल चौधरीले बताए । उनले पुल निर्माणका लागि गाउँका महिला–पुरुषले श्रमदान गरिरहेको बताए ।

joshi vada pasal 2

गत असारमा आएको बाढीले त्यहाँ रहेको काठे पुल बगाएको थियो । पुल निर्माणका लागि कैलारी गाउँपालिकाको कार्यालयले एक लाख ५० हजार रुपियाँ आर्थिक सहयोग गरेको छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.