नागरिक उन्मुक्ति पार्टीले ‘टीकापुर विद्रोह’ दिवस मनाउने

टीकापुर – नागरिक उन्मुक्ति पार्टीले भदौ ७ गते ‘टीकापुर विद्रोह’ दिवस मनाउने भएको छ । २०७२ भदौ ७ गते घटेको टीकापुर घटनालाई टीकापुर बिद्रोह तथा थारु विद्रोह दिवस र ८ गते कालो दिनको रुपमा मनाइँदै आइएको छ । सोही अवसरमा नागरिक उन्मुक्ति पार्टीले ‘टीकापुर विद्रोह’ दिवस मनाउन लागेको हो ।

bishal shuit house

‘टीकापुर विद्रोह’ दिवस सयुक्त रुपमा मनाउने प्रयास भने असफल भएको छ । थारु कल्याणकारिणी सभा (थाकस), थरुहट÷थारुवान राष्ट्रिय मोर्चा, राजनीतिक दल, टीकापुर राजबन्दी पीडित संघ, थारु विद्यार्थी समाजलगायत संघ संस्थाहरुको संयुक्त आयोजनामा दिवस मनाउनेबारे शनिबार टीकापुरमा छलफल राखिएको भएपनि सो छलफलमा भने मतभेद सिर्जना भएको छ ।

joshi vada pasal 2

कसले नेतृत्व लिने बिषयमा सहमति नहुँदा सयुक्त रुपमा गर्ने भनिएको कार्यक्रम भने सफल हुन नसकेको नेताहरुले बताएका छन ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.