सुदूरपश्चिममा थप १२ जनामा कोरोना संक्रमण

अत्तरिया – सुदूरपश्चिम प्रदेशमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५५० नमूनाको कोरोना परिक्षण गरिएकोमा १२ जनामा संक्रमण पुष्टि भएको हो ।

bishal shuit house

थपिएका सबै एन्टीजेन बिधिबाट गरिएको परिक्षणमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।थपिएका संक्रमितहरु मध्ये कैलालीका ९ जना र कञ्चनपुरका ३ जना रहेका छन ।

joshi vada pasal 2

हाल प्रदेशमा कोरोनाका संक्रिय संक्रिमितको संख्या ३६९ रहेको छ । ति मध्ये ५ जना कोरोना संक्रिमित बिभिन्न अस्पतालहरुमा उपचाररत रहेको निर्देशनालयले जनाएको छ । प्रदेशमा शुक्रबार १ हजार ८३ नमूनाको कोरोना परिक्षण गर्दा ५९ जनामा संक्रमण पुष्टि भएको थियो ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.