बैतडीमा अखाद्य वस्तु विक्रि गर्ने व्यापारीलाई ५० हजार जरिवाना

बैतडी – बैतडीमा अखाद्य वस्तु विक्रि गर्ने व्यापारीबाटबाट ५० हजार जरिवाना असुल गरिएको छ । पटक पटक अटेरी गर्ने ६ जना व्यापारीबाट सयुक्त बजार अनुगमन समितिले ५० हजार जरिवाना असुल गरेको हो ।

maya metro hospital

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले अनुगमनका क्रममा मूल्य सूची नराखेका, अखाद्य सामग्री विक्रि वितरण गरेका, लेबल नभएका सामग्री विक्रि वितरण गरेका ६ जना व्यापारीबाट ५० हजार जरीवाना असुल गरिएको बताए ।

joshi vada pasal 2

उनले भने ‘हामीले बजार अनुगमनका क्रममा सुझाव पनि दिँदै आएको छ । दोश्रो पटक अनुगमन गर्दा सुझाव नमानेका व्यापारीहरुलाई जरीवाना गरेका छौं ।’

अखाद्य वस्तुको विक्रि वितरणमा रोक लगाउने, उपभोक्ताहरुलाई सचेत बनाउने, महंगी र कालोबजारी नियन्त्रण गर्ने उद्देश्यका साथ बजार अनुगमन गर्ने गरिएको संयुक्त बजार अनुगमन समितिले जनाएको छ ।

यसअघि गएको साउन अन्तिम साता गरिएको बजारमा अनुगमनका क्रममा ८ जना व्यापारीबाट ६५ हजार जरीवाना असुल गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.