कैलालीमा नागरिक उन्मुक्ति पार्टी एक्लै चुनाव लड्ने

धनगढी – आसन्न संघिय र प्रदेश सभाको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले एक्लै चुनाव लड्ने तयारी गरेको छ । स्थानीय तहको निर्वाचनमा कैलालीमा पहिलो दल बनेको नागरिक उमुक्ति पार्टी संघ र प्रदेशको चुनावमा पनि एक्लै चुनाव लडेर जित्ने दाउमा छ ।

maya metro hospital

गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले जिल्लाका पूर्वी क्षेत्रका चार पालिका जितेर पहिलो दल बनेको थियो । स्थानीय तहको नतिजाले उत्साहित भएको यो पार्टीले आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाका लागि पनि उम्मेदवारी दिने तयारी गरेको छ ।

joshi vada pasal 2

पार्टी प्रवक्ता दामोदर पण्डितले कुनै पनि दलसँग गठबन्धन वा चुनावी तालमेल नगरी निर्वाचनमा भाग लिने बताए । ‘कैलालीको हकमा ठोस रुपमा हामी अगामी चुनावमा एक्लै जाने भन्नेमा छौं । बाहिर–बाहिर कसले के भन्छ त्यसको कुनै अर्थ हुँदैन’ पण्डितले भने, ‘कसैसँग सहकार्य नगर्ने भन्ने नै छ । अरु जिल्लामा भने दुवै पक्षलाई लाभ पुग्ने अवस्था भए गठबन्धन वा तालमेल नकार्न सकिंदैन ।’

उनका अनुसार कैलालीमा अहिलेसम्म कुनै पनि दलबाट आधिकारीक रुपमा सहकार्यको प्रस्ताव पनि आएको छैन । प्रतिनिधि सभाका पाँच र प्रदेश सभाका १० वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने तयारी भइरहेको प्रवक्ता पण्डितको भनाइ छ ।

कैलालीमा स्थानीय तहको निर्वाचन जस्तै प्रदेश र प्रतिनिधि सभामासमेत नागरिक उन्मुक्ति पार्टी पहिलो दल बन्ने दाबी उनको छ । प्रतिनिधिसभामा चार सिट ल्याउने उनले जिकिर गरे । यद्दपी जिल्ला समन्वय समितिको निर्वाचनमा भने नागरिक उन्मुक्ति पार्टीले एमालेसँग सहकार्य गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.