गौरा पर्व नजिकिए संगै बजारमा बिरुडाको व्यापार बढ्यो

बैतडी – गौरा पर्व नजिकिए संगै सुदूरपश्चिमका बजारमा बिरुडाको व्यापार बढेको छ । कलौं (सानो केराउ), गुरुँस (एक प्रकारको दाल), गहुँ, मास, गहतलगायत पञ्च अन्न राखिएको बिरुडा खरिद गर्नेको भीड लाग्न थालेको छ ।

maya metro hospital

गौरा पर्वका लागि नभई नहुने बिरुडा पहिला आफ्नै घरमा डालोमा जतन गरी राख्ने प्रचलन थियो । यद्यपि अहिले अधिकांशले बजारबाटै डालो खरिद गरेर गौरा पर्व मनाउने गरेको पाइन्छ ।

joshi vada pasal 2

गौरा पर्वको बिरुडा (पञ्च अन्न) का लागि गाउँघरमा साल र मालुको पातको डालो (स्थानीय भाषामा खोको) बनाएर राख्ने चलन थियो । बिरुडाका लागि डालोमा कलौं (सानो केराउ), गुरुँस (एक प्रकारको दाल), गहुँ, मास, गहत राख्ने चलन यद्यपि गाउँघरमा छिटफुट देख्न सकिन्छ ।

दशरथचन्द नगरपालिका–४ का अम्बिका भण्डारीले बिरुडाका लागि आवश्यक पर्ने कलौं र गुरुँस लगायत पञ्चअन्न बढीजसो बजारबाटै किन्ने गरेको बताइन ।
भदौ १ गतेबाटै सुदूरपश्चिमका सबै जिल्लाका बजारमा बिरुडाको व्यापार बढेको उद्योग वाणिज्य सङ्घ बैतडीका अध्यक्ष नरबहादुर चन्दले बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.