अत्तरियामा दोस्रो अन्तर डोजाङ्ग प्रतियोगीताका विजयी खेलाडीलाई प्रमाणपत्र वितरण

अत्तरिया – दोस्रो अन्तर डोजाङ्ग स्तरिय तेक्वान्दो प्रतियोगीताका विजयी खेलाडीहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । शुक्रबार एक औपचारीक कार्यक्रमको आयोजना गर्दै कैलालीको अत्तरियामा रहेको अत्तरिया तेक्वान्दो डोजाङ्गले प्रतियोगीतामा विजयी भएका खेलाडीहरुलाई प्रमाणपत्र वितरण गरेको हो ।

डोजाङ्गमा आवद्ध खेलाडीहरुलाई सहभागी गराई आयोजना गरिएको उक्त प्रतियोगीताका विभिन्न विधामा उत्कृष्ट खेलाडीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । प्रतियोगीतामा ह्वाईट बेल्टतर्फ निश्चल खात प्रथम भएका थिए भने प्रिन्सी बाग द्धितिय र करन विष्ट तथा आरस थापामगर तृतिय भएका थिए ।

joshi vada pasal 2
bishal shuit house

यसैगरी ग्रिन बेल्टतर्फ लक्की दहित प्रथम र शिरिष बलायर द्धितिय भएका थिए । प्रतियोगीतामा ग्रिनब्लु बेल्टतर्फ वर्षा गिरी प्रथम हुँदा भिक्टर बिष्ट द्धितिय भएका थिए भने ब्लु बेल्टतर्फ सानु विष्ट प्रथम हुँदा बर्षा कडायत द्धितिय र अंकित भट्ट तृतिय भएका थिए । उनिहरु सबैले मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए । प्रतियोगीताामा रेडब्याक बेल्ट तर्फ को प्रमाणपत्र प्रथम ले मात्रै पाएको थियो । उक्त विधामा उमेश मल्ल प्रथम भएका थिए ।

maya metro hospital

शुक्रबार डोजाङ्ग प्रमुख ईन्द्र बहादुर सिँहको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिका वडा नं. २ का वडासदस्य देवराज भट्ट रहेका थिए भने विशिष्ठ अतिथिमा सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य दुर्गा अधिकारी रहेका थिए । कार्यक्रममा विभिन्न संघसंस्थाका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.