तिजलाई खर्चिलो र भड्किलो नबनाऔं

हिन्दुधर्मावलम्बी महिलाहरुको महान पर्व हरितालीका तिज नजिकिदै छ । हिमालय पुत्री पार्वतीको विवाह भगवान विष्णुसंग गरिदिने पिता, माताको वचन पार्वतीलाई चित्त बुझेन । सानै उमेरदेखि शिवलाई पति पाउँ भन्ने दृढता पार्वतीमा थियो । सोहि कारण माता पार्वतीले शिवलाई मनले पति धारण गरिसकेकी थिइन् ।

maya metro hospital

उनी जंगलमा गएर कठोेर तपस्या गर्न थालिन् । कठोर र एकाग्र चित्तले तप गरेको कारण शिवजी प्रकट भई चिताएको कुरा पुगोस् भनि आशिर्वाद दिएर पार्वतीले शिवलाई पति प्राप्त गर्न सफल भइन् भन्ने धार्मिक किम्बदन्तीहरु छन् । विशेष संकल्प, दृढता, एकाग्रता र निरन्तरताले नै सफलता प्रप्त गर्न सकिन्छ भन्ने दृष्टान्त बोकेको यस हरितालिका तीज पर्वको महत्व आफैमा विशिष्ट छ । चार दिन सम्म चल्ने यस पर्वको आफ्नै विशेषता र महत्व रहेको पाइन्छ ।

joshi vada pasal 2

खास गरी हिन्दू नारीहरु विवाहित वा अविवाहित सबैले यो पर्वलाई मनाउने गर्छन । भाद्र शुक्ल द्वितीयादेखि भाद्र शुक्ल पञ्चमीसम्म चल्ने चार दिनको यो पर्वलाई स्वतन्त्रता र आनन्दमय उल्लासको रुपमा पनि लिइन्छ । विशेषतः भगवान शिवकै पुजा र आराधना गरी मनाईने हरितालिका तीजको व्रतले पतिको आयु, आरोग्य, ऐश्वर्य तथा स्वस्थ्य राम्रो र सम्मुनत हुने विश्वास परापूर्वकालदेखि नै रहिआएको छ । यस्तो पवित्र उद्देश्य र संकल्प रहेको हरितालिका तीजको नामले प्रख्यात पर्व केही समय यता धार्मिक पर्वका नाममा सामाजिक विकृति बनेर आइरहेको छ ।

पछिल्लो समय खर्चिलो र भडिकलो रुपमा तीज मनाईदा तीजको धार्मिक–सामाजिक महत्व खस्कँदै गइरहेको छ । विशेषतः यस पर्वलाई चेलिबेटी तथा दिदीबहिनी पुनर्मिलनको आनन्दमय उत्सबको रुपमा मनाउनुपर्ने मान्यता हो ।

तर अहिले आएर होटल रेस्टुरेन्ट, बार, पार्टि प्यालेस लगायतका ठाउँमा तिज मनाईने गर्नाले तीज अनि दरको संस्कृति विकृति बनेर अगाडि बढदै गइरहेको छ । यसले हाम्रो धर्म, संस्कृति, संस्कार र सामाजिक अवस्थालाई कता लैजाँदै छ भन्ने सोच्नु पर्ने बेला आएको छ । त्यसैले तिजको महत्व बुझी खर्चिलो र भड्किलो रुपमा तिज मनाईने परिपाटीको अन्त्य गरौ ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.