पश्चिम सेतीबाट सरकारले १६७ अर्व रोयल्टी र कर पाउने

अत्तरिया – पश्चिम सेती र सेती नदी – ६ जलविद्युत आयोजनाबाट सरकारले १६७ अवै रोयल्टी र कर पाउने भएको छ । सरकारले उक्त आयोजनाको सर्वेक्षणका लागि भारतीय कम्पनी संग सम्झौता गरेसंग जारी गरेको श्वेतपत्रमा सो कुरा जनाएको हो । श्वतपत्रमा उक्त रोयल्टी प्रभावित क्षेत्रको विकासमा परिचालन गरिने उल्लेख छ ।

bishal shuit house

सरकारले परियोजनाको सर्वेक्षणका लागि भारतीय कम्पनी एनएचपीसी लिमिटेड इन्डिया संग बिहिबार सम्झौता गरेको थियो । यस योजनाको सर्वेक्षणका लागि सरकारले ६ महिनाको समय भारतीय कम्पनीलाई दिएको छ ।

joshi vada pasal 2

श्वतपत्रमा यस परियोजनाले सुदूरपश्चिम क्षेत्रमा अरु परियोजनाको विकासमा पनि सहयोग गर्ने उल्लेख छ । यस्तै परियोजनाको विकासमा क्रममा धितोपत्र दर्ता तथा विष्काशनबाट स्थानीय तथा प्रभावित क्षेत्रका जनतालाई तोकिएको शेयर स्वामित्व उपलब्ध हुने र यसबाट अन्य प्रत्यक्ष र अप्रत्यक्ष फाइदाहरु पुग्ने जनाइएको छ ।

यो परियोजना निर्माण अगाडी बढेमा समग्र प्रदेशको विकासमा यो परियोजना रुपान्तरणकारी हुनसक्ने कुरा श्वतपत्रमा औंल्याइएको छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.