राजेन्द्र निर्माण सेवाका सञ्चालक साउँदलाई कारबाही गर्ने चेतावनी

कैलाली –  नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) डडेल्धुराले परशुराम नगरपालिकाका पूर्वमेयर एबम् राजेन्द्र निर्माण सेवाका सञ्चालक भीमबहादुर साउँदलाई कारबाही गर्ने चेतावनी दिएको छ। बिहीबार जिल्ला समितिले विज्ञप्ति जारी गर्दै साउदले बुडर–दैजी सडक खण्डमा काम गर्ने मजदुरको ज्याला नदिएको भन्दै कारबाही गर्ने चेतावनी दिएको हो।

bishal shuit house

‘राजेन्द्र निर्माण सेवाका सञ्चालक भीमबहादुर साउदले बुडर–दैजी सडकमा काम गर्ने मजदुरको पारिश्रमिक अहिलेसम्म पनि नदिएको र मजदुरको ब्याजसहित यथासिघ्र भुक्तानी नभएको खण्डमा पार्टीले जनकारबाही गर्न बाध्य हुनेछ।’ कमरेड धरातल द्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

joshi vada pasal 2

उता नेपाली कांग्रेसका जिल्ला सभापतिसमेत रहेका राजेन्द्र निर्माण सेवाका सञ्चालक साउदले ज्यालाको कुरा विशुद्ध राजनीतिक फण्डा भएको बताए । उनले काम गर्ने सिलसिलामा कहिकतै कुनै मजदुरको ज्याला दिन बाकी रहेको भए २/३ दिनभित्रै चुक्ता गरिने बताए । उनले मजदुरलाई अफ्ट्यारोमा पारेर आफूले अहिलेसम्म कुनै पनि काम नगरेको बताए ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.