बैतडीमा जग्गा विवादले अस्पताल अलपत्र

 

बैतडी – केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी १५ शय्याको अस्पताल बनाउने निर्णय तीन वर्षअघि भए पनि जग्गा विवादका कारण अलपत्र परेको छ । तीन वर्षअघि नगरपालिकाले वडा नम्बर ७ मा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई वडा नम्बर १ मा सारेर १५ शय्याको अस्पताल बनाउने निर्णय गरेको थियो ।

bishal shuit house

सो निर्णयपछि स्थानीयवासीबीच जग्गा विवाद भएको थियो । भएको स्वास्थ्य संरचनामा डाक्टर बोलाउन नसक्ने तर स्वास्थ्य केन्द्र सार्ने भन्दै स्थानीयवासीले विरोध गरेका थिए । अस्पतालको अध्ययन गर्न आएको परामर्शदाता कम्पनीसमेत स्थानीयवासीबीच जग्गा विवादका कारण फर्केको थियो ।

joshi vada pasal 2

अस्पताल निर्माणका लागि सङ्घीय सरकारबाट प्रत्येक वर्ष करिब एक करोड रुपियाँ बजेट विनियोजन हुने गरेको भए पनि जग्गा विवादका कारण अस्पताल निर्माणको काम अघि बढ्न नसकेको मेलौली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीशप्रसाद जोशीले बताए ।

एमबीबीएस डाक्टरको दरबन्दीसहित २३ वर्षअघि बैतडीको मेलौली नगरपालिका–७ मा स्थापना भएको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा स्थानीयवासी मर्कामा परेका छन् ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.