सडक दुर्घटनाको न्युनिकरणमा अग्रसर बनौ

अहिले दिनहु जसो सडक दुर्घटनाका घटनाहरु वृद्धि भईरहेका छन । प्रत्येक दिन सुदूरपश्चिमका कुनै न कुनै ठाउँमा सडक दुर्घटनाबाट मानिसको मृत्यु भएका घटनाहरु आईरहेका छन । सडक दुर्घटनाका कारण यहाँ बर्षेनी सयौं मानिसहरुले ज्यान गुमाउनु परीरहेको छ । मानिसको सहजताका लागी सञ्चालीत यातायातका साधनहरुले नै अकालमै मानिसको ज्यान लिईरहेको अवस्था छन भने कतिपय मानिसहरुले अपांगता बनेर बस्नुपरेको छ ।

बुधबार मात्रै दार्चुलामा जिप दुर्घटना हुँदा ५ जनाले अकालमै ज्यान गुमाउनुप¥यो । गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगातर्फ गइरहेको से १ ज ५५१ नम्बरको जिप शैल्यशिखर नगरपालिका–६ उल्लानीमा दुर्घटना भएको थियो । सडकबाट करिब २५० मिटर तल खसेको उक्त जिपमा सवार ६ जना घाईते भए । उनीहरुको उपचार भैरहेको छ । यातायातका साधनले मानिसहरुको दैनिक क्रियाकलापमा सहजता ल्याएको भएपनि दुर्घटनाका कारण कयौ मानिसहरुले सडकमै बेवारिसे अवस्थामा ज्यान गुमाउन परिरहेको छ ।

joshi vada pasal 2
bishal shuit house

सुदूरपश्चिममा मात्रै नभई देशका विभिन्न पहाडी जिल्लाहरुमा सडक दुर्घटनाहरु बढी हुने गर्दछन । तराईका जिल्लाहरुमा पनि दुर्घटनाहरु नहुने हैनन, तर तराईका जिल्लाहरुमा भएका दुर्घटनाले प्रायजसो मानविय क्षती कम गर्दछ । पहाडी जिल्लाहरुमा बनाईएका सडक वरपर पहाड र भिरपाखो मात्रै हुने भएकाले पहाडी जिल्लामा हुने सडक दुर्घटनाहरुले मानविय क्षती बढी हुने गरेको छ ।

सडक दुर्घटना मुख्य रुपमा सवारी चालकको लापरबाहीका कारण बढी हुने गर्दछन । यसका अन्य कारणहरु भएपनि मुख्य जरो भनेकै सवारी चालक हो । सडकको अवस्था पनि पहाडी जिल्लाहरुमा नाजुक छ, त्यसले पनि सडक दुर्घटनालाई वृद्धि गरीरहेको छ । तिब्र गतीमा सवारी चलाउदा पनि दुर्घटनाको जोखिम बढी हुन्छ । त्यसैले सवारीलाई निश्चित गतीमा मात्रै चलाउने गरौ ।

maya metro hospital

दुर्घटनाका घटनामा कमी ल्याउन ट्राफिक प्रहरीहरुले विभिन्न कार्यक्रमहरु गरीरहेका छन । तैपनि उक्त कार्यहरु प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेका छैनन । जनचेतनामुलक कार्यक्रमले पनि प्रभाव देखाउन सकेको छैन । यस्तो अवस्थामा ट्राफिक प्रहरीले बढी मेहनत गर्नुपर्ने देखिन्छ ।

सवारी चालकले सवारी साधनको अवस्था र सडकको अवस्था बुझेर ट्राफिक नियमको पालना गर्दै सवारी चलाए सडक दुर्घटनाका घटनामा कमी ल्याउन सकिन्छ । मानिसको जिवन भन्दा ठुलो केही छैन, त्यसैले सडक दुर्घटनाका घटनाको न्युनिकरण गरी मानिसको अमुल्य जिवनको सुरक्षा गर्न सबै अग्रसर बनौ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.