कसैले भन्दैमा प्रदेश सरकार खारेज हुँदैन : मुख्यमन्त्री भट्ट

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले कसलै भन्दैमा प्रदेश सरकार खारेज नहुने बताएका छन् ।

bishal shuit house

‘नेपालको संविधानअनुसार तीन तहको सरकार हुने व्यवस्था रहेको छ,’ बिहीबार धनगढीमा राष्ट्रिय सभा, संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय समिति द्वारा आयोजित संघीय शासन प्रणली विषयक अन्तरक्रिया कार्यक्रममा उनले भने, ‘प्रदेश सरकार गलत भएको भए आसन्न मंसिरमा हुने निर्वाचनमा जनताले पाखा लगाइहाल्छन् । कसैले अहिले नै हल्ला गर्न आवश्यक छैन ।’

joshi vada pasal 2

उनले स्थानीय र प्रदेश सरकारले कतिपय आफ्नो अधिकारभित्र रहेको कानुनहरु कार्यान्वयन हुन नसकेको बताए । ‘आफूलाई दिएका अधिकारभित्र काम नगर्ने ?, उनले भने, ‘अरुलाई मात्र दोष दिएर उम्किने बानीको विकास हुँदै गएको छ ।’

उनले प्रहरी समायोजन नहुँदा प्रदेशमा समस्या भएको उल्लेख गरे ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.