कैलालीमा लघुवित्तले घरमा ताला लगाएकी महिला मृत फेला

धनगढी – कैलालीमा एक महिला मृत फेला परेकी छन् । गौरीगंगा नगरपालिका वडा नम्बर १ स्थित लठैयाकी ४६ वर्षीया रेश्मा चौधरी मृत फेला परेकी हुन् ।

bishal shuit house

बुधबार उनी आफ्नै घरमा मृत फेला परेकी प्रहरीले जानकारी दिएको छ । उनले विष सेवन गरेर आत्महत्या गरेको खुलेको प्रहरीको भनाइ छ ।

joshi vada pasal 2

सोही ठाउँमा सञ्चालित एक लघुवित्त संस्थाबाट मृतक रेश्माले ऋण लिएकी थिइन् । लघुवित्तका कर्मचारीहरूले हिजो नै उनलाई पैसा तिर्न भन्दै घरमा गएर ताला लगाएको बताइएको छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.