लघुबित्त बिरुद्ध सर्घष समिति बन्नु दुःखद
बैक बित्तिय संस्था स्वायत्त निकाय आफैमा बित्तिय बिकासको आधार जनताको पैसाको सुरक्षाको माध्यम अनि सरकारको सहपाठि हो । बित्तिय साक्षरताको बिश्वबिद्यालय आफैमा एक भरोसा को केन्द्र तथा आर्थिक चलाएमानको मुख्य माध्यम यसको पनि भएकाले यसको महत्वबारे सबैमा जानकारि छ । देशमा ५ दिनमात्र बैक हड्ताल हुनेहो भने सबै आर्थिक क्षेत्र तहसनहस हुन्छ । जनताले विश्वास गर्ने एक भरोसाको केन्द्र बैक तथा बित्तिय संस्था हो । नेपाल राष्ट्रबैकबाट इजाजत प्राप्त देशको प्रचलित कानुन बमोजिम स्थापित आफैमा कानुनका दफा, उपदफाको परिपालक सरकारको करको भकारी जनताको रोजगारिको केन्द्र बैक÷बित्तिय संस्था हुन ।

आजभोलि विभिन्न संञ्चारमाध्यममा बित्तिय संस्था बिरुद्ध संघर्ष समिति बनाएको सुन्दा दुःख लागेर आउछ । सहज सरल अनि विश्वासनिय किसिमबाट सेवा नेपाल सरकारबाट तोकिएको ब्याजदरलाइ आधारमानि आफ्नो ग्राहकलाई दिइरहेको बित्तिय सेवाको महत्व बुझेर पनि बुझ पचाउने झुन्डलाई सरकारले कतै सुरक्षा दिएको त छैन ? प्रश्न चिन्ह खडा हुन्छ ।

आज लघुबित्तको बिरुद्धमा लागेकाहरुलाई मेरो प्रश्न छ, साँवाको दशौ गुना पैसा बुझाउदा कर्जा चुत्ता नभई घरखेत बिहिनभएका मिटरब्याज पिडितको बिरुद्धमा संर्घष समिति किन बनेन ? कतै तपाईहरु मिटर व्याजिहरुको झुन्ड त होइन । लघुबित्त बिरुद्धको समितिमाथी शंका गर्ने बेला आएको छ । आन्दोलनका माग पनि कुनै अज्ञानि, मुर्ख उत्पादन गर्ने विश्वबिद्यालयमा बिद्याबारिधी गरेको अनबिज्ञ भन्दा कम छैन । ‘कहि नभएको जात्रा हाडि गाउमा’ भनेझै नेपाल राष्ट्रबैक बाट नेपालको जुनसुकै कानुनलाई आधार मानेर खोलिएको पब्लिक कम्पनी खारेजि, बिभिन्न बित्त प्राप्त कर्जा मिनाहा जस्ता असम्भव कुराहरुको माग राखि सघंर्ष समिति बनाउनु मुर्खता हो ।
सरकारले तोकेको बार्षिक १५ प्रतिशत ब्याजदरलाई सदस्यलाई भ्रामक बनाई लघुबित्तको ३६ प्रतिशत हो भनि प्रचारप्रसार गर्ने देशमा आर्थिक अराजकता गर्ने यस्ता झुन्डको सरकारले समयमै व्यवस्थापन गर्न सकेन भने बित्तिय क्षेत्रमा आफ्नो भबिष्य जोडेका करिब २५ हजार कर्मचारि त्यसमा आश्रित १ लाख २५ हजार तिनका परिवारका सदश्य अनि लाखौ घरखेत बेचेर लगानि गरेका लगानिकर्ता सडकमा उत्रिय यसको जवाफ कस्ले दिन्छ ? त्यसैले सरकारले यसको समयमै व्यवस्थापन गर्ने जरुरि छ । तल एउटा उदाहरण बाट बित्तिय संस्थाका बिरुद्ध लागेका झून्डको प्रदाफास गर्ने प्रयास गरिएको छ ।
नेपाल आफैमा आर्थिक रुपमा आश्रित छ । जनतालाई बित्तिय पहुँचमा ल्याउन कठिन भएको अवस्थामा नेपालमा स्व. डा.हरिहरदेब पन्तले देशमा बित्तिय पहुँचको बृद्धि गर्ने आट गरेर लघुबित्तको बिराजारोपण गरे । बिकास र बिस्तार हुदै हाल ५८ लाख सदस्यको घरमा यसको पहुँच पुगेको छ । गुल्मी जिल्लाको कुनै एक सानो गाउमा एक धनिराम ‘परिकल्पनाको नाम’ गरेका ब्यक्ति बस्दथे । गाउमा लघुबित्त दिन प्रतिदिन समुह निर्माण गर्दै कर्जा लगानि गरिरहेको थाहापाएपछि आफ्नो श्रीमतिलाई पनि समुहमा आबद्ध गराई आर्थिक कारोबार गरे बाठा स्वभावका उनि करिब ४ बर्षको समयअवधिमा १३ ओटा लघुबित्तमा कारोबार सुरुगरिसकेका थिए । गाउँको ५० जना महिलाको नाममा सहित करिब ९५ लाख कर्जा लघुबित्तमा चलाईसकेका धनिरामलाई किस्ता हाल्न गाह्रो भयो ।
अब बाठा स्वभावका उनि फेरि पैसा कमाउने गतिलो बाटो बनाउन गाउँका करिब १५ जना महिलाको उपस्थितिमा लघुबित्त बिरुद्धको सर्घर्ष समिति खोल्ने निधो गरे अब उनले आफुजस्ता लघुबित्तबाट करोडौ कर्जा लिएका नतिर्ने नियतका बाठा मान्छेको समुह बनाई आफ्नो समिती बिकास र बृद्धि गर्दै गए । उनको अर्कै पैसा कमाउने गतिलो आधार रोजे आजिवन सदस्य बनाउने सो बाफत रु.५००। देखि रु.१०००। सम्म पैसा उठाउदै सदस्यता बाड्दै गए । राम्रो कमाई देशमै गर्न सफल उनि हाल उनको मासिक कमाई करिब २ लाख छ । उनि हाल देशका गरिब जनताले खाईनखाई आफुले बैकमा जम्मा गरेको पैसा मिनाहा गर्ने भनि तिनै गरिब जनताबाट गैह्रकानुनि रुपमा पैसा उठाउदै आफ्नो आर्थिक बिकास गरिरहेका छन । देशमा मिटरब्याज बाट पिडितको पक्षमा नबोलेका उनि सरकारले इजाजत दिएको लघुबित्त को खारेजिको माग राख्दै अन्दोलन गरिरहदा सरकारले सुरक्षा दिइरहेको अवस्था छ ।
देशको बैक बित्तीय संस्थाको सिष्टम सबै ध्वस्त बनाउने परिकल्पना बोकेका धनिरामलाई पत्रकारले पनि साथ दिएका छन् । बित्तिय संस्थाले कर्जा लगानि गरेको करिब ५७ प्रतिशत रकम गरिब, बिपन्न बर्गलाई बचत गर्ने सिकाउदै जम्मा गरेको पैसा हो, भने बाकि बैक बित्तिय बाट लिएको सापट हो । लघुबित्तको कर्जा मिनाहा गर्नु सदस्यले आफ्नो बचतको माया मार्नु हो । त्यसैले धनिराम दाई तपाईले बोकेको यो सपना असम्भव छ । धनिराम दाई तपाईले गरिब सोझासाझा जनताबाट उठाएको पैसा फिर्ता गर्नुहोस । किनकि भोलि ति सोझासाझा जनताले तपाईको वास्तविकता थाहापाए तपाईको नामनिसाना मेटाईदिने छन् । त्यसैले लघुबित्तको बिरुद्धमा सर्घष समिति बनाउनु नै दुखद छ, आपत्तिजनक छ ।
लघुबित्तको महत्व कति छ यसको मुल्यङ्घन ति गरिब जनतालाई थाहा छ । जो बास्तविक लघुउद्यमी बनेको छ, जसको जिवन परिवर्तन भएको छ, जसले लघुबित्तबाट जिवन यापनको गतिलो आधार बनाएको छ । जो मिटरब्याज बाट मुत्ति पाएका छन् अनि साहुमहाजनको चर्का ब्याज बाट मुक्ति पाएकालाई यसको महत्व थाहा छ । बर्दिया जिल्लाको एउटा सानो गाउ अशिक्षा, गरिबीबाट ग्रसित हाल किराना पसलकि मालिकनी रामप्यारिले लघुबित्तले आफ्नो जिवनमा गरेको परिवर्तन १ घण्टा लगाएर सुनाईन । हिजो ५ रुपैया नहुने रामप्यारि आज लाखौकि मालिकिनी बनेको सुनाउदै लगतै चप्पल उद्योग खोल्ने योजना रहेको बताईन ।
२ लघुबित्तमा कारोबार गरिरहेकि उनि कर्जा लिएर केहि गरे जिवन अवश्य परीवतर्न हुनेकुरा बताउछीन । केहि गर्ने सोच अनि क्षमता सिप भएकोले अब शाहुमहाजन अनि मिटरब्याजीको घरदैलोमा हात फैलाउनु नपर्ने उनको बुझाई छ । १ छोरा ले डिग्री गरेर नौकरी गरिरहेको बताउने रामप्यारी आफु ५ कक्षा मात्र पढेपनि लघुबित्तले आपुलाई धेरै कुराको ज्ञान दिएको बताउछीन । उहाको कुराले लघुबित्त क्षेत्रलाई नोक्सान बनाउने यस्ता अबैधानिक समिति बन्नु दुखद छ ।
माथिको उदाहारण बाट यो प्रमाणित हुन्छकी लघुबित्त बिरुद्धको सर्घष समिति अबैधानिक छ, सरकारले यसलाई छिटो भन्दा छिटो कानुनि दायरामा ल्याउनुपर्छ । (लेखक लघुबित्त क्षेत्रमा लामो समयदेखि कार्यरत हुनुहुन्छ ।)