गौरीफन्टा नाकाबाट भित्रिँदै कोरोना

धनगढी – भारतमा कोरोना बढेसँगै सीमा नाकाहरूबाट नेपालमा पनि कोरोना भित्रिन थालेको छ । कैलालीको गौरीफन्टा नाकाबाट मात्रै साउनको ३० गतेसम्म २ सय ३९ जना कोरोना संक्रमित नेपाल आएका छन् । गौरीफन्टा नाकामा राखिएको हेल्थ डेस्कले दिएको जानकारी अनुसार असारको महिनाभरी १७ जनामा मात्रै कोरोना देखिएकोमा साउनको १ देखि ३० गतेसम्म २३९ जनामा कोरोना देखिएको हो ।

हेल्थ डेस्कका इन्चार्ज गणेश साउँदले दैनिक डेढ/दुई सय जनाको एन्टिजेन परीक्षण गर्दा १५÷२० जनामा कोरोना देखिरहेको बताए । साउनको १५ पछि नेपाल फर्किनेहरूमा कोरोना बढेको हो ।

joshi vada pasal 2
bishal shuit house

साउनको १४ गते १ सय ४३ जनाको एन्टिजेन परीक्षणमा १० जनामा कोरोना देखिएपछि सीमा नाकामा सर्तकता अपनाइएको छ। साउनको १५ गते ९ जना, १६ गते ३ जना, १७ गते पनि ३ जना, १८ गते ६ जना, १९ गते १४ जनामा कोरोना देखिएको हो । १९ गतेयता पनि परीक्षण गरिएकोमा ५ देखि १० प्रतिशतसम्म कोरोना पोजेटिभ आइरहेको छ ।

कोरोनाको पहिलो भेरियन्टका बेलादेखि नै सीमा नाकाहरूमा हेल्थ डेस्क राखिएका छन् । सुदूरपश्चिममा कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलाको पुलघाटमा कोरोना जाँच भइरहेको छ । क्षेत्रीय स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार साउन ३० गते मात्रै प्रदेशभरि १ सय ५३ जनामा कोरोना संक्रमण देखिएको छ । सीमा नाका र विभिन्न अस्पतालहरूमा गरिएको एन्टिजेन र पीसीआर परीक्षणका क्रममा यो संख्या देखिएको हो ।

maya metro hospital

निर्देशनालयको तथ्यांकअनुसार सोमबारसम्म सबैभन्दा बढी कैलालीमा २२४ जना कोरोनाका बिरामी छन् । कञ्चनपुरमा १ सय ६८ जना, अछाममा ८ जना, बैतडीमा १७ जना, बझाङमा ५ जना, डँडेल्धुरामा ४ जना, र डोटीमा १ जना कोरोनाका सक्रिय संक्रमित छन् ।

प्रदेश स्वास्थ्य निर्देशक डा.जगदीश जोसीले भारतबाट आउने हरेक नागरिकलाई एन्टिजेन परीक्षण गर्न नसकिए पनि, भारतको हटस्पटबाट आएकाहरूलाई भने कोरोना जाँच गरेर मात्रै नेपाल आउन दिइरहेको बताए ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.