अफगानिस्तानमा बम विस्फोट हुँदा २१ जनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुलस्थित एक मस्जिदमा शक्तिशाली विस्फोट भएको छ। स्थानीय अधिकारीका अनुसार साँझको प्रार्थनाको समयमा भएको विस्फोटमा २१ जनाको मृत्यु भएको छ। भने ६० भन्दा बढी घाइते भएका छन्।

bishal shuit house

काबुल सुरक्षा विभागका प्रवक्ता खालिद जद्रानले विस्फोटको पुष्टि गर्दै काबुलको पीडी १७ मा रहेको मस्जिदमा बम विस्फोट भएको बताए।

joshi vada pasal 2

विस्फोटमा मस्जिदका इमाम मौलावी अमिर मोहम्मद काबुलीको पनि मृत्यु भएको छ। बम विष्फोटमा घाइते हुनेमा बालबालिका समेत रहेका छन्। बम विस्फोटको जिम्मेवारी कुनै पनि संगठनले लिएको छैन।

विस्फोटस्थलमा गुप्तचर टोली खटिएको र अनुसन्धान जारी रहेको समाचार एजेन्सीले उल्लेख गरेका छन्।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.