डोटीमा एक महिला लुटिइन्

डोटी – डोटीमा एक महिला लुटिएकी छन् । बुधबार जिल्लाको सायल गाउँपालिका वडा नम्बर ६ कालागाउँ घर भएकी २७ वर्षीया पार्वती कटुवाल लुटिएकी हुन् ।

bishal shuit house

आदर्श गाउँपालिका वडा नम्बर ६ माइती घर जाने क्रममा अपरिचित व्यक्तिले उनका गरगहना लुटेर भागेका छन् । बिहान करिब साढे ११ बजेको समयमा बीच बाटो आदर्श ३ अलचौड जंगलमा उनी लुटिएको इलाका प्रहरी कार्यालय आदर्शका प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिए ।

joshi vada pasal 2

प्रहरी निरीक्षक जोशीका अनुसार लुटेराले ज्यान मार्ने धम्की दिँदै उनले लगाएको साढे तीन तोलाबराबरका सुनका गरगहना लुटेका हुन् । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.