अत्तरिया खबरद्धारा दोस्रो बार्षिकोत्सवको अवसरमा सुप समावेशी विद्यालयलाई सहयोग

अत्तरिया – कैलालीको अत्तरियाबाट प्रकाशित अत्तरिया खबर राष्ट्रिय दैनिकले आफ्नो दोस्रो बार्षिक उत्सवको अवसरमा सुदूरपश्चिम समावेशी विद्यालयलाई सहयोग गरेको छ । बुधबार बार्षिकोत्सवको अवसरमा अत्तरिया खबर दैनिकले गोदावरी नगरपालिका – २ मा रहेको उक्त विद्यालयलाई स्टेसनरी र खाद्यान्न सहयोग गरेको हो ।

maya metro hospital

जसअन्तरगत विद्यालयलाई कापी, कलम, चामल, दाल लगायत करिब १० हजार बरावरको सहयोग गरिएको अत्तरिया खबर राष्ट्रिय दैनिकका प्रबन्धक बालकृष्ण ओझाले बताए ।

joshi vada pasal 2

उनले अपाङ्गता भएका बालबालिका अध्ययन गर्ने सो विद्यालयमा अध्ययनरत विद्यार्थीलाई थोरै भएपनि सहयोग पुगोस भन्ने उद्देश्यले बार्षिकोत्सवको अवसरमा सहयोग गरिएको बताए ।

अत्तरिया खबर राष्ट्रिय दैनिक २०७७ भाद्र १ गते देखि संचालनमा आएको थियो । उक्त पत्रिकाले अत्तरिया अनलाइन पनि संचालनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.