बैतडीमा बँदेललाई थापेको पासोमा परेर चितुवा मर्यो

बैतडी – दशरथचन्द नगरपालिका – ४ बिनासौमा बँदेलको लागि थापेको पासोमा परेको चितुवा मरेको छ । बुधबार बिहान पासोमा चितुवा परेको थियो । पासोमा परेको चितुवा घाइते अवस्थामा स्थानीयले देखेका भएपछि उद्धार गर्नु अघि नै चितुवाको मृत्यु भएको हो ।

bishal shuit house

चितुवाको उद्धारका लागि बर्दिया र शुक्लाफाटा राष्ट्रिय निकुञ्जबाट विज्ञ टोली बोलाइएको थियो । उक्त टोली नपुग्दै चितुवाको मृत्यु भएको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भीमबहादुर कडेलले जानकारी दिएका छन । पासो चितुवाको ढाडमा परेको थियो ।

joshi vada pasal 2

बैतडीमा जंगली जनावरहरुले किसानहरुले लगाएको बालीनाली नष्ट गर्न थालेपछि किसानहरु हैरान भएका छन् । जसका लागि किसानहरुले पासो थाप्ने गरेका छन । । बँदेल, दुम्सी र बादर लगायतका जनावरहरुले किसानहरुको मकैबारी नष्ट गर्ने गरेका छन् ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.