प्रकाशकिय : निष्पक्ष रुपमा सधै कलम चल्नेछ

प्रकाशन सुरु गरेको २ वर्ष पुरा भएर आजबाट तेस्रो वर्षमा प्रवेश गरेका छौ । कोरोना महामारीको समयमा सारा जगत थला परेको अवस्थामा पनि दैनिक पत्रिका प्रकाशन गरी जनतालाई सत्य तथ्य सुचना प्रवाह गर्ने उद्देश्यले मुर्त रुप लिईरहेको हामीले महसुस गरेका छौ ।

सो समयमा पनि कतिपय दैनिक पत्रिकाहरु आर्थिक भार धान्न नसकेर बन्द भैरहेको अवस्थामा पत्रिकालाई नियमित सञ्चालनका लागी सहयोग गर्नुहुने सम्पुर्ण विज्ञापनदाता, पाठकबृन्द, शुभचिन्तक तथा सहयोगीहरुमा आभार प्रकट गर्न चाहन्छौ ।

joshi vada pasal 2

हालसम्मको अवधीमा भएका कमीकमजोरीहरुलाई सुधार्दै आगामी दिनमा अझै सशक्त रुपमा अगाडी बढ्न प्रण गर्दछौ । साथै प्राविधिक रुपमा यदी कतै कही यो मिडिया मार्फत उठान गर्नुपर्ने विषयले स्थान नपाएको भए आगामी दिनहरुमा पक्कै पनि त्यसको स्थान अग्रपंतीमा हुनेछ भन्ने विश्वास दिलाउन चाहन्छौ ।

bishal shuit house

कसैको डर र धम्कीमा नपरी निष्पक्ष रुपमा हाम्रा कलमहरु प्रवाहित हुनेछन, जनताको सच्चा पहरेदारका रुपमा सधै खटिईरहनेछौ भन्ने कुरा पनि पाठकवृन्द एवम् शुभचिन्तकहरुमा विश्वास दिलाउन चाहन्छौ ।

maya metro hospital

पत्रिकाको आम्दानीको मुख्य स्रोत भनेकै विज्ञापन हो । विज्ञापनले नै दैनिक पत्रिकाको खर्च जुटेको हुन्छ । प्रकाशन को सुरुवात देखि हालसम्म विभिन्न अवस्थामा यस दैनिकमा विज्ञापन प्रकाशित गरी पत्रिकालाई नियमित रुपमा प्रकाशनमा सहयोग पु¥याउनुहुने सम्पुर्ण विज्ञापनदाता महानुभावहरु प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछौ ।

यहाँहरुको साथ, सहयोग र विश्वासले पत्रिकालाई तेस्रो वर्षसम्म नियमित प्रकाशन गर्न सफल भएका छौ, आगामी दिनहरुमा पनि यहाँहरुको साथ र सहयोग यसैगरी रहिरहनेछ भन्ने अपेक्षा लिएका छौ ।

पत्रिकाको नारा ‘सत्य र निष्पक्ष खबरको संवाहक’ लाई मुर्त रुपमा दिन सधै भरी निष्पक्ष रुपमा नै सधै कलमहरु चल्नेछन । नागरिकका समस्याहरुको समाधान गर्न तथा सम्बन्धीत पक्षलाई झकझक्याउन कुनै पनि सन्देह नमानी अहोरात्र रुपमा खटिने प्रण गर्दै आगामी दिनहरुमा आदरणीय पाठकबृन्द, शुभचिन्तक एवम् विज्ञापनदाताहरुको सल्लाहलाई पनि मनन गर्दै अगाडी बढ्नेछौ । धन्यवाद ।।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.