निर्माणको अन्तिम चरणमा पुगेको चाक्लेखोला पुलको अनुगमन

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – १० मा निर्माणाधिन चाक्लेखोला पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । पुल ढलानको काम सकिएको छ भने पुलको किनाराको रेलिङ निर्माण गर्ने र रंगरोपनको काम मात्रै बाँकी छ ।

संचालनको अन्तिरम तयारीमा रहेको पुलको मंगलबार सुदूरपश्चिम प्रदेशकी पुर्व राज्यमन्त्री तथा प्रदेश सभा सदस्य चुन कुमारी चौधरी लगायतको टोलीले अनुगमन गरेका छन । पुल अनुगमन गर्दै मन्त्री चौधरीले पुल निर्माण संगै ओलानी वासीको एउटा सपना पुरा हुने क्रममा रहेको बताईन् । उनले प्रदेश सरकारले ओलानी वासीको समस्यालाई मध्यनजर गरेर पुल निर्माणका लागि बजेट विनियोजन गरेको बताईन् ।

joshi vada pasal 2

bishal shuit house

उक्त अनुगमनमा सहभागि यातायात पूर्वाधार निर्देशनालयका निमित्त प्रमुख जगत प्रकाश जोशीले पुल निर्माणको काम करिब करिब अन्तिम चरणमा पुगेको बताए । उनले पुलको पहुच मार्ग निर्माणका लागि पनि थप योजना ल्याएर पुललाई चाडै संचालनमा ल्याइने बताए । उक्त पुलको २०७७ असोज १८ गते तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले शिलान्यास गरेका थिए ।

maya metro hospital

पुल निर्माणका लागि १ करोड ७२ लाख १ हजार ७ रुपियाँमा जय धनन्जय/रोहित जेभि बर्दिया संग ठेक्का सम्झौता गरिएको थियो । २५ मिटर लम्बाई भएको सो पुलको बिच भागको चौडाई ६ मिटर र २ दशमलव ४ मिटर चौडाईको किनारामा फुटपाट रहने छ ।

१८ महिनामा निर्माण गर्ने भनिएको पुल कोरोना महामारीका कारण निर्माण अवधि लम्बिएको जनाइएको छ । निर्माण कम्पनीका संचालक जनक प्रशाद जोशीले अब पुल निर्माणको काम १५ दिन भित्रमा सकिने दाबी गरे ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.