क्यान कैलालीले बोलायो मुम्बईबाट प्रशिक्षक

धनगढी – जिल्ला क्रिकेट संघ (क्यान) कैलालीले क्रिकेट खेलाडीलाई प्रशिक्षण दिन एक हप्ताका लागि भारतको मुम्बईबाट प्रशिक्षक बोलाएको छ । मुम्बईको विभिन्न क्लबमा नियमित प्रशिक्षण गराउँदै आएका दिगम्बर सिताराम पार्डेललाई क्यानले धनगढी बोलाएको हो ।

दिगम्बर एक हप्ता धनगढीमा रहने नेपाल कृकेट संघ क्यानका केन्द्रिय सदस्य एवं कैलाली जिल्ला अध्यक्ष बिक्रम बिस्टले बताए । मंगलबार धनगढी रंगशालामा एक कार्यक्रम गरि नेपाल कृकेट संघ क्यानका केन्द्रिय सदस्य एवं कैलाली जिल्ला अध्यक्ष बिक्रम बिस्ट, क्यान कैलाली सचिब देव नारायण झा, प्रशिक्षक जानकी भट्ट, दिपक रावल लगायत खेलाडीले प्रशिक्षक दिगम्बरलाई औपचारिक रुपमा स्वागत गरेका छन ।

joshi vada pasal 2

राष्ट्रिय क्रिकेट टिमको सुरुवाती १४ भित्र पहिलोपटक अटाएका खेलाडी अर्जुन साउँदलाई पनि प्रशिक्षक दिगम्बरले लामो समय मुम्बईमा प्रशिक्षण गराएका थिए ।

bishal shuit house

स्वागतपछि प्रशिक्षक दिगम्बरले आफू जतिदिन धनगढी बस्छु पुरा समय दिएर जानेको कुरा सिकाउने बताए । उनले विश्व क्रिकेटको महाशक्ती भारत नजिक भएपनि त्यसको फाइदा नेपालले लिन नसकेको बताए ।

maya metro hospital

कुटनीतिक तवरले भएपनि नेपालले आगामी दिनमा भारतका विभिन्न स्टेटसँग सहकार्य गरेर फाइदा लिनुपर्नेमा जोड दिदै आफुले पनि मुम्बईबाट सक्दो सहयोग गर्ने उनले बताए । जिल्ला क्रिकेट संघ कैलालीले दुई महिना अगाडि धनगढी उपमहानगरपालिका भित्रका करिब दर्जन बढी विद्यालयहरुसँग सहकार्य गरेर ५० छात्र र ५० जना छात्रालाई पहिलो चरणमा प्रशिक्षण गराइरहेको छ ।

नेपाल क्रिकेट संघ क्यानका केन्द्रिय सदस्य एवं कैलाली जिल्ला अध्यक्ष बिक्रम बिस्टले आगामी दिनमा थप अत्तरीया, हाइवे, लम्की क्षेत्र र टीकापुरमा पनि दोश्रो चरणको ग्रासरुट डिप्लोमेन्ट प्रोग्राम सुरु हुने बताए । हाल देशभरमा कैलालीमा मात्र ग्रासरुट डिप्लोमेन्ट प्रोग्राम चलिरहेकोले अब विभिन्न जिल्लामा पनि छिट्टै संचालन हुने बिस्ट बताउँछन् ।

हाल धनगढी रंगशालाको इन्डोर हलमा नियमित प्रशिक्षणमा आउने एक सय जना छात्र छात्रालाई दुई सिफ्ट बनाएर प्रशिक्षक ज्ञानेन्द्र दडीमाना क्षेत्री र जानकी भट्टले प्रशिक्षण गराउँदै आएका छन् ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.