महाकालीमा ४ दिन देखि बेपत्ता किशोरी अझै भेटिएनन्

बैतडी – ४ दिनदेखि महाकालीमा बगेर बेपत्ता भएका बैतडीका दुई किशोरी अझै भेटिएका छैनन् । दशरथचन्द नगरपालिका–८ सांगडीका १५ वर्षीया कविता टमटा र १५ वर्षीया संगीता टमटा अझै नभेटिएका बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।

bishal shuit house

उनीहरूको खोजीका लागि महाकाली नदी किनारमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । शुक्रबार दिउँसो २ बजे नुहाउने क्रममा मौरास्थित महाकालीमा बेपत्ता भएका भए पनि प्रहरी र प्रशासनलाई भने बेलुका पौने ७ बजे खबर गरिएको थियो ।

joshi vada pasal 2

खबर पाउनासाथ सुरक्षाकर्मी परिचालन गरिएका थिए । सहायक प्रमुख जिल्ला अधिकारी भारतीले भने, ‘महाकाली नदी तटीय क्षेत्रको बैतडी सहित डडेल्धुरा र कञ्चनपुरका साथै भारतीय सीमा सुरक्षा बललाई पनि खोजी गरिदिन भनेका छौं । अहिलेसम्म बेपत्ता किशोरीको अवस्था अज्ञात छ ।’

बेपत्ता दुवै किशोरी राजकीय इन्टरकलेज झुलाघाट भारतमा कक्षा १० मा अध्ययनरत रहेका बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । एकै गाउँका दुईजना किशोरी महाकालीमा बगेर बेपत्ता भएपछि गाउँ शोकमग्न भएको छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.