मलेसियामा दर खुवाउने तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिने

दिनेश खड्का’खप्तडी’/ मलेसिया – गैरे आवसिय नेपाली संघ मलेसियाले विगतका बर्षहरुमा झै यस पटक पनि नेपाली महिला हरुको महान चार्ड हरितालिका तिजको अवसरमा दर खुवाउने तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।

maya metro hospital

यहि अगष्ट २० तारिख स्थानीय समयअनुसार दिउँसो को ३ बजे देखि एनआरएनए को आफ्नै भवनमा कार्यक्रम आयोजना गर्न लागिएको हो ।नेपाली रितिरिवाज चार्ड पर्वको जगेर्ना गर्नु को साथै विभिन्न कारणले मलेसियामा कार्यरत नेपाली दिदीबहिनी हरुलाई लक्षित गर्दै उक्त कार्यक्रम गर्न लागेको एनआरएनए मलेसियाका महासचिव रन्जित क्षेत्रिले जानकारी दिए ।

joshi vada pasal 2

आफ्नो जन्मभूमि छोडि मलेसियामा बसेर एक दिन भएपनि आफ्नो दिदिबहिनीहरुको साथमा माईतीको सम्झनालाई बिर्साउने गरि कार्यक्रम अवधिभर मनोरञ्जन समेत दिने महासचिव क्षेत्रिले बताए ।

नेपाली महिला हरुको पर्व तिज कार्यक्रमलाई नेपाल कै अनुभुति हुने गरि मलेसियामा रहेका सम्पुर्ण नेपाली दिदीबहिनीहरु र संघ–संस्था हरुलाई पत्रचार गरिसकेको र कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न गर्नको लागि सिङ्गो एनआरएनए मलेसिया लागि रहेको महासचिव रन्जित क्षेत्रिले बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.