सामुदायीक वनमा हुने राजनीति अन्त्य गरौं

शनिबार कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी सामुदायीक वनको उपभोक्ता समिति गठनका लागी निर्वाचन भयो । उक्त समितिको अन्य सबै पदका लागी सर्वसहमती भएपनि अध्यक्ष र सचिवका लागी भने निर्वाचन नै गर्नुप¥यो । निर्वाचनबाट एक पक्षको जित भयो त एक पक्षले हार बेहोर्नुप-यो । सामुदायीक वनमा भएको निर्वाचनले एउटा अन्यौलता सिर्जना गरेको छ, आगामी दिनमा विजयी पक्षले हार बेहोरेको पक्षलाई पनि सँगै लगेर कार्य थाल्छ की नाई ?

दुर्गालक्ष्मी सामुदायीक वन अतिक्रमणको सबै भन्दा बढी चपेटामा परेको वन हो । भिमदत्त राजमार्गसँग जोडिएको भएर पनि होला, यो बनमा विभिन्न संघसंस्थाहरुले आफ्ना संस्थाका बोर्डहरु खुलेयाम रुपमा राखेका छन ।

joshi vada pasal 2

यहाँ उपभोक्ता समितिकै पदाधिकारीका अगाडी बनमा संस्थाको बोर्ड राख्ने कार्य भैरहेका थिए, तर पदाधिकारीहरु हालसम्म चुप बसेका छन । उनीहरुले त्यस्तो विषयमा आफुमात्रै विरोधी बन्न उचित ठानेनन् । सामुदायीक वनको सुरक्षा का निम्ती नै समितिमा पठाईएको हो भन्ने कुरा पदाधिकारीहरुलाई ज्ञात हुनुपर्ने हो । आफ्नो काम, कर्तव्य र जिम्मेवारी विर्सेर काम गर्ने पदाधिकारीहरुका कारण सामुदायीक वनहरु सबैभन्दा बढी अतिक्रमीत भैरहेका छन ।

bishal shuit house

पछिल्लो समय सामुदायीक वनहरुमा राजनितिक दाउपेच बढी हुनाले पनि वन अतिक्रमणले तिब्रता पाईरहेको छ । दुर्गालक्ष्मीको निर्वाचनमा पनि कतै न कतै राजनीतिक अभ्यास भएको भान भएको छ ।

maya metro hospital

राजनितिक द्धन्द्धका कारण नै उक्त सामुदायीक वनमा निर्वाचन भएको तर्क स्थानीयहरुले गरीरहेका छन । सामुदायीक वनको हितका लागी नै हो भने निर्वाचन प्रणाली उपयुक्त हैन । निर्वाचनले एक आपसमा मतभेदको अवस्था सिर्जना गराउँछ ।

निर्वाचनमा जित हासिल गर्नका लागी आर्थिकको सबैभन्दा बढी भूमिका हुने गर्दछ । तर निर्वाचनमा तडक भडक गरी पैसा पेलेर अध्यक्ष बन्नुपर्ने व्यक्तिले विजयी पश्चात त्यो पैसाको भरपाई गर्ने स्रोत अवश्य पनि त्यही सामुदायीक वन हुनेछ । त्यस्तो अवस्थामा झन सामुदायीक बनमा विकृती मौलाउदै जान्छ । पैसाको बलमा विजयी उम्मेदवारले पक्कै पनि आफ्नो लगानी फिर्ता ल्याउन सामुदायीक बनलाई प्रयोग गर्न सक्छ ।

सामुदायीक वनहरुमा हुने निर्वाचन प्रायः राजनीतिक दाउपेचका कारण नै हुने गर्दछन । सामुदायीक वनको सुरक्षा गर्ने नै हो भने, त्यसमा राजनिति नगरौं । सकभर सामुदायीक वनहरुमा सर्वसहमतीमै उपभोक्ता समिति गठन गर्ने कार्य गरौ । वन रहे हामी रहन्छौ, तसर्थ सामुदायीक वनभित्रको यस्तो राजनीतिक कुसंस्कारलाई जरैदेखि उखेलेर वनहरुको सुरक्षामा सम्पुर्ण उपभोक्ता एकजुट भएर लाग्न जरुरी छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.