बैतडीमा चाडपर्व लक्षित बजार अनुगमन सुरु

बैतडी – बैतडीमा चाडपर्व लक्षित बजार अनुगमन शुरु गरिएको छ । सुदूरपश्चिमेलीहरूको मुख्य पर्व गौरा र हरितालिका तीज नजिकिए संगै बजार अनुगमन सुरु गरिएको हो । बैतडीमा प्रत्येक महिना अनुगमन गरिने भनिएपनि दुई महिनाको अन्तरालमा अनुगमन थालिएको छ ।

bishal shuit house

अनुगमनका क्रममा पहिलो दिन २३ हजार १५ रूपैयाँ बराबरका म्यान नाघेको सामग्री नष्ट गरिएको र जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।

joshi vada pasal 2

पहिलो दिन दोगडाकेदार गाउँपालिकाको सिल्लेगडा र खोचलेक बजारमा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा ८ पसललाई कारवाही गरिएको र उक्त कारवाहीबाट ६५ हजार रूपैयाँ जरिवाना असुल गरिएको छ ।

गत वर्ष बजार अनुगमनबाट ४६ हजार ६ सय ८७ बराबरको म्याद नाघेको सामग्री बरामद गरी नष्ट गरिएको थियो । अनुगमनमा ३३ व्यवसायीमाथि कारवाही गरिएको थियो । उक्त कारवाहीबाट २ लाख ४५ हजार जरिवाना असुल भएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.