थप ३२ जनामा कोरोना संक्रमण, सबै सीमानाकाबाट भित्रिएका

अत्तरिया – सुदूरपश्चिम प्रदेशमा थप ३२ जना कोरोना संक्रमित फेला परेका छन । पछिल्लो २४ घण्टामा एन्टीजेन बिधिबाट ७६४ नमूनाको कोरोना परिक्षण गर्दा ३२ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित मध्ये कञ्चनपुरका १७ जना र कैलालीका १५ जना रहेका छन । उनीहरु सबै सीमानाका गरिएको कोरोना परिक्षणमा फेला परेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

joshi vada pasal 2
bishal shuit house

आइतबार गड्डाचौकी नाकाबाट भित्रिएका ४८८ जनाको कोरोना परिक्षण गर्दा १७ जना र गौरीफन्टा नाकाबाट भित्रिएका २३२ जनाको कोरोना परिक्षणमा १५ जनामा संक्रमण पुष्टि भएको थियो । हाल प्रदेशमा ४३२ जना कोरोनाका संक्रिय संक्रमित रहेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

संक्रिय संक्रमित मध्ये १५ जना बिभिन अस्पतालहरुमा भर्ना भएका छन । जसमध्ये सेती प्रदेशिक अस्पतालमा १४ जना र जिल्ला अस्पताल डडेल्धुरामा १ जना बिरामी उपचाररत रहेका छन ।

maya metro hospital

सेतीमा उपचाररत संक्रमित मध्ये १ जना आईसियुमा उपचाररत रहेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । यसैबिच पछिल्लो २४ घण्टामा १९ जनाले कोरोना जितेका छन ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.