देशभर थपिए ४५५ कोरोना संक्रमित, २ जनाको मृत्यु

काठमाण्डौं – पछिल्लो २४ घण्टामा देशभर ४५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ८२९ नमूनाको कोरोना परीक्षण गरिएकोमा ४५५ जनामा संक्रमण पुष्टि भएको हो ।

bishal shuit house

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ३०८ पीसीआर परीक्षणमा ३०५ र २ हजार ५२१ एन्टिजेन परीक्षणमा १५० जनामा संक्रमण पुष्टि भएको छ ।

joshi vada pasal 2

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ । त्यस्तै ३०२ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ४३५ रहेको छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.