कैलालीको लम्कीमा २५ जना डेंगुका बिरामी भेटिए

अत्तरिया – कैलालीको लम्कीमा २५ जनामा डेंगु फेला परेको छ । जिल्ला स्वास्थ्य कार्यालय कैलालीले साउन महिना यता गरेको परिक्षणमा उक्त संख्यामा डेंगुका बिरामी फेला परेका हुन ।

bishal shuit house

ति बिरामी वडा नम्बर ३ को चिसापानी क्षेत्रमा फेला परेको जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले जानकारी दिएका छन । उनले डेंगुको संक्रमण देखिएपछि अहिले लम्की क्षेत्रमा लामुखुट्टे नष्ट पार्ने किटनाशक औषधि छर्ने काम भइरहेको बताए ।

joshi vada pasal 2

गत वर्ष पनि कैलालीको लम्की चुहामा १ सय ३३ जना डेंगुका बिरामी देखापरेका थिए । डेंगुको संक्रमण देखिन थालेपछि सतर्कता अपनाउन जिल्ला स्वास्थ्य कार्यालय कैलालीले अनुरोध गरेको छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.