खलंगा–टिंकर सडक ठाउँ–ठाउँमा अवरुद्ध

दार्चुला – दुहु र ब्यास गाउँपालिकालाई सदरमुकाम जोड्ने खलंगा–टिंकर सडक ठाउँ–ठाउँमा अवरुद्ध छ । सडक अवरुद्ध हुँदा यातायात ठप्प भएर यहाँका स्थानीय जोखिम मोलेर सदरमुकाम आवतजावत गर्न बाध्य छन ।

बाढीपहिरोले बाटोघाटोमा क्षति पुग्दा पैदल हिड्नसमेत समस्या छ । असारको सुरुकै वर्षाले ग्रामीण सडकहरू बन्द भइसकेका छन । सडक तथा पैदल हिड्ने बाटोमा बाढी र पहिरोले धेरै ठाउँमा क्षति पुगेको स्थानीयले बताएका छन । वर्षाका कारण सडकमा पहिलो खस्दा यस क्षेत्रमा स्थानीयबासिन्दाहरू गाउँदेखि जिल्ला सदरमुकाम खलंगा जान समस्या झेल्न बाध्य बनेका हुन ।

joshi vada pasal 2

दुहु गाउँपालिकाका सबै बस्तीको सदरमुकाम आउने सडक तथा पैदल मार्ग टिंकर सडक नै हो । ब्यास गाउँपालिकाका केही बस्तीका मानिसहरू मात्र टिंकर सडकको प्रयोग गरेर जिल्ला सदरमुकाम पुग्छन । ‘दुहु गाउँपालिकाका सबै ठाउँका मानिसहरू टिकर सडकबाट नै खलंगा जानुपर्छ’ दुहु गाउँपालिका–१ पिपलचौरीका तोयराज जोशीले भने, ‘यो मार्गको ठाउँ–ठाउँमा पहिरो खसेको तथा सडक भासिएको छ ।’

bishal shuit house

यातायातको साधन त परै जाओस्, पैदल हिड्नलाई समेत समस्या भईरहेको छ । गाउँदेखि सदरमुकाम पुग्न भिरको बाटो भएकोले जोखिम मोलेर आवतजावत गर्नुपरेको उनको भनाई छ ।

maya metro hospital

यस सडकको दुहु र ब्यास गाउँपालिकाका विभिन्न ठाउँमा पहिरो खसेपछि पैदल हिँड्नसमेत अप्ठ्यारो भएको स्थानीयले बताएका छन । जोशीका अनुसार माथिबाट ढुङगा खस्ने र हतारले हिड्दा चिप्लिएर तल खस्ने डर उत्तिकै छ ।

स्थानीय उत्पादन नपुगेर सबै चिज सदरमुकामबाट नै ल्याएर आपूर्ति गर्नुपर्ने भएकोले ब्यास र दुहु गाउँपालिकाले स्थानीयले सदरमुकाम आवतजावत गर्न धेरै ठाउँमा जोखिम मोल्नुपरेको हो, उनले भने । उनले स्थानीय सरकारलाई खसेको पहिरो पञ्छाई आवतजावतमा सहजता ल्याउन भनिए पनि चासो नदेखाएको गुनासो गरे ।

ढुवानीको समस्या देखाएर स्थानीय व्यापारीहरूले महंगोमा सामान बेचिरहेका छन । स्थानीयलाई आवश्यक परेको सामानको बढी भाउ भने पनि किन्नुपर्ने बाध्यता रहेको छ ।

त्यस्तै गाउघरमा बाटो बन्द भएर औषधी उपचारका लागि सदरमुकाम पुग्नसमेत समस्या भएको दुहु गाउपालिका १ पिपलचौरीका चक्रदेव भट्टले बताए ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.