धनगढी – धनगढीमा रहेको धनगढी पोलिटेक्निकल ईन्स्टिच्युट कलेजमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन । उपमहानगरपालिकाद्वारा संचालित उक्त कलेजमा विद्यार्थीहरुले आईतबार तालाबन्दी गरेका हुन ।


आफ्ना मागहरु सम्बोधनमा कलेजले कुनै सुनुवाइ नगरेकाले अनिश्चितकालका लागी कलेजमा तालाबन्दी गरिएको विद्यार्थी अमृत ठगुन्नाले बताए । उनले कलेजलाई पटकपटक विद्यार्थीहरुका समस्याहरुका बारेमा जानकारी गराउँदा पनि कुनै सुनुवाई नगरेपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको बताए ।

तेस्रो सेमिस्टरको पढाइ हुँदासम्म कलेजमा ड्रविङ्ग टिचरको व्यवस्था नभएको, कलेजमा ल्याव, ल्याइब्रेरी, खानेपानी, शौचालय लगायत भौतिक व्यवस्था नभएको भन्दै विद्यालयलाई माग सम्बोधनका लागी पटक पटक आग्रह गरेको भएपनि सुनुवाई नभएको उनले बताए ।
प्राविधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषद (सीटीईभीटी) सँगको साझेदारीमा उपमहानगरपालिकाले उक्त कलेजमा डिप्लोमा तह होटल ब्यबस्थापन र अटो मोवाइल ईन्जिनियरिङको पढाइ सुरु गरेको थियो ।
