सरकारी कार्यालयको सेवा प्रवाहमा सुधार ल्याऔ

 

सरकारको मातहतमा रहेका सम्पुर्ण कार्यालयहरुलाई हामी सरकारी कार्यालयको नामले सम्बोधित गर्छौ । त्यसमा जुनसुकै कार्यालयहरु पनि पर्न सक्दछन ।

चाहे त्यो प्रशासन कार्यालय हो, चाहे नगरपालिका होस, चाहे वडा कार्यालय, चाहे अस्पताल, चाहे बैंकिङ क्षेत्र, चाहे विद्युत कार्यालय, चाहे यस्ता अन्य कार्यालयहरु नै किन नहुन, सरकारले जनताको सहजताका लागी त्यस्ता कार्यालयहरुको स्थापना गरेको हुन्छ । जनतालाई सहज र सुलभ रुपमा सेवा प्रवाह गर्ने लक्ष्यका साथ स्थापित यस्ता कार्यालयहरु देशभरी नै छन ।

joshi vada pasal 2

जनताको सहज पहुँचमा पुगेका यस्ता कार्यालयहरुले जनतालाई भने सहजता प्रदान गर्न सकेका छैनन । सरकारले सञ्चालनमा ल्याएका कुनैपनि कार्यालयहरुले सहज, सरल एवम् सुलभ रुपमा नागरिकलाई सेवा दिन सकेका छैनन ।

bishal shuit house

कामको सिलसिलामा कुनै सरकारी कार्यालयमा गए त्यहाँ सेवाग्राहीले १/२ घण्टा लाईनमा उभिनुपर्ने बाध्यता हुन्छ । अझ भनौ, त्यस्ता कार्यालयहरुमा प्रायजसो सरकारी कर्मचारीहरु नै न्यून मात्रामा भेटिने गर्दछन । सरकारी कार्यालयमा काम गर्ने कर्मचारीहरुको व्यवहार पनि नागरिक प्रति रुखो हुने गर्दछ ।

maya metro hospital

सरकारी संस्थाहरुको यस्तो किसिमको कार्यव्यवहार नागरिकले वर्षाैदेखी भोग्दै आएका छन । कतिपय स्थानमा सरकारी संस्थाहरुको यस्तो क्रियाकलापदेखी वाक्क दिक्क भएर नागरिकले आवाज नउठाएका हैनन, तर आवाज उठाउने नागरिकको आवाज सुन्ने सरकारी संस्थाका प्रतिनिधि पनि मौन हुन्छन, जसले गर्दा नागरिकको सरकारी संस्थाप्रतिको विश्वास घट्दै गईरहेको छ ।

सरकारको मातहतमा रहेका सरकारी संस्थाहरु नागरिकको सहजता र नागरिक हितका लागी सञ्चालीत छन । त्यसैले त्यस्ता कार्यालयहरुले नागरिकलाई पहिलो प्राथमिकता दिई कार्य गर्नुपर्दछ । नागरिकलाई लाईनमा उभ्याउनुपर्ने बाध्यताको अन्त्य गर्न आवश्यक भौतिक पुर्वाधार वा जनशक्तिको मात्रा बढाईनुपर्दछ ।

नागरिकको करबाट आफ्नो पेट पालिरहेका सरकारी कर्मचारीहरुले पनि व्यवहारमा परिवर्तन ल्याई नागरिकको कार्य सम्पन्न गर्न खटिनुपर्दछ । यस्ता कार्यालयहरु नियमन गर्ने निकाय वा त्यसको प्रतिनिधित्व गर्ने वर्गहरुले पनि सरकारी कार्यालयहरुको कार्यशैली र सरकारी कर्मचारीको व्यवहारको अवलोकन गरी कारबाहीको प्रकृया सुरु गर्न ढिला गर्नुहुदैन ।

सरकारी कार्यालयको कामकारबाहीलाई व्यवस्थीत गरी नागरिकलाई सहज र सुभल रुपमा सेवा प्रवाह गर्ने वातावरणको सृजना गर्न सम्बन्धीत निकायले ध्यान दिन जरुरी छ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.