कञ्चनपुर – कञ्चनपुरमा नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । बेदकोट नगरपालिका ४ बैतडास्थित चौधारा नदीमा नुहाउने क्रममा डुबेर सोही नगरपालिकाको वडा नम्बर ३ का एकेन्द्र औजीका ४ बर्षीय छोरा अहान औजीकोे मृत्यु भएको हो ।

उनको नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
