बैतडीमा कोरोना महामारी रोक्न महायज्ञ

बैतडी – कोरोना संक्रमणको चौथो लहर रोकथाम तथा नियन्त्रणको कामनासहित बैतडी सदरमुकामस्थित प्रसिद्ध जगन्नाथ मन्दिरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको आयोजना गरिएको छ । कर्मचारी मिलन केन्द्रका तर्फबाट उक्त मन्दिरमा सप्ताह ज्ञान महायज्ञ सञ्चालन गरिएको हो ।

maya metro hospital

कोरोना महामारी नियन्त्रणको कामना गर्दै महायज्ञको आयोजना गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । यसका साथै शान्तिसुरक्षा अमनचयन, समस्त प्राणीको कल्याण, विश्व शान्ति, विपद्का घटना नहोउन् भन्ने कामना गर्न पनि महायज्ञको आयोजना गरिएको हो ।

यही श्रावण २१ गतेदेखि सुरु भएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ शुक्रबार समापन भएको छ । हरेक वर्षको श्रावण महिनामा जगन्नाथ मन्दिरमा श्रीमद्भागवत यस्तो महायज्ञ सञ्चालन गर्ने गरिएको छ ।

attariya hospital

महायज्ञमा विभिन्न कार्यालयका कर्मचारीहरुका तर्फबाट ६२ हजार ५ सय ५५ रुपैँया भेटीसमेत संकलन भएको आयोजक समितिले जनाएको छ ।

जगन्नाथ मन्दिर यहाँको एक प्रसिद्ध मन्दिर हो । मन्दिरको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास समेत रही आएको छ । यहाँ दर्शनका लागि नेपालका साथै छिमेकी देश भारतबाट पनि दर्शनार्थी आउने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.