बाजुरमा ५ वर्षदेखि ओडारमा बस्दै आएकी महिलाको उद्दार

बाजुरा – बाजुराको खप्तड छेडेदह गाउँपालिकामा पाँच वर्षदेखि ओडारमा बस्दै आएकी एक महिलाको उद्दार गरिएको छ । खप्तड छेडेदह १ लुगेनाकी ५५ वर्षीया जलु बुढा ५ वर्षदेखि एक छोरासहित ओडारमा बस्दै आएकी थिइन् । उनको ६ वर्षको छोरा मीन बुढा सहित उनी ओडार बस्दै आएको प्रहरीले जनाएको छ ।

maya metro hospital

आमा र छोरा ओडारमा बस्दै आएको जानकारी पाएपछि काँडा प्रहरी चौकीले शुक्रबार उद्धार गरेर काँडा स्वास्थ्य चौकीमा राखेका छन् । ओडारमा बस्दै आएका आमा र छोरा दुबै कूपोषित रहेका छन् ।

joshi vada pasal 2

भाने बुढाले जेठी श्रीमतीबाट छोरा नजन्मिएपछि जलुदेवीसँग बिहे गरेका थिए । जलुदेवीका तीन छोरा छन् । जेठा छोरा १८ वर्षका चक्र बुढा भारत गएका छन् । १२ वर्षका छोरा कुशल बुढा बुवासँग घरमै बस्दै आएका छन् । ६ वर्षीय कान्छा छोरा मीन जलुदेवीसँग ओडारमा बस्दै आएका छन् ।

जलुले ओडारमा पानी घट्टबाट संकलन गरेर ल्याएको पिठोको खोले पकाएर आफू र छोराको पेट भरेर गुजारा गर्दै आएकी थिइन् । श्रीमानले घर लैजान खोज्दा पनि उनी घर गइनन् । जेठी श्रीमतीसँग मिलन नभएको र आफूसँग कहिलेकाहीँ झगडा पर्ने हुँदा उनी घर नगएको उनका श्रीमान भानेले बताएका छन् ।

भाने बुढाले घरमा मिलाएर राख्नै नसकेपछि कान्छी श्रीमती जलुदेवीका लागि अलग्गै घर बनाइदिएका थिए । तर, उनी त्यो घरमा आगो लगाएर ओडारमै बसेकी हुन् । उनको मानसिक अवस्था सामान्य नभएको हुँदा उनलाई घर लैजानै मुस्किल हुने गरेको भाने बुढाले बताए ।

खप्तड छेडेदह गाउँपालिकाले जलुदेवीको उद्धारका लागि कोसिस गरेको भए पनि सुरुमा उनी मानेकी थिइनन् । तर, प्रहरी र जनप्रतिनिधिसहितको टोलीले उनलाई सम्झाएपछि उनी स्वास्थ्य चौकी जान तयार भइन् । खप्तड छेडेदह गाउँपालिकाले जलुदेवी र बच्चाको सुरक्षाको जिम्मा लिने बताएको छ ।

खप्तड छेडेदह गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष वीरबहादुर रावलले जलुदेवीलाई गाउँपालिकाले सहयोग गर्ने बताएका छन् ।ओडारमा जंगली जनावरका साथै अन्य कुराको पनि असुरक्षा हुने हुँदा उनलाई गाउँपालिकाले नै सहयोग गर्ने वडाअध्यक्ष रावलले बताए ।

जलुलाई घरकाले केही खानेकुरा दिने बताए पनि उनी खान नमान्ने गरेको स्थानीयले बताए । आफूलाइ विष हालेर मार्नलाई दिएको होला भनेर उनी खान नमान्ने गरेको एक स्थानीयले बताए । राम्रो सँग खान नपाएपछि आमा र छोरा दुबै कुपोषित रहेको स्वास्थ्यकर्मीले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.