दार्चुलामा आयुर्वेदिक उपचारमा आकर्षण बढ्दै

दार्चुला –पछिल्लो समय स्थानीयमा आयुर्वेदिक औषधि र उपचार पद्धतिप्रति आकर्षण बढेको छ । अहिले आयुर्वेदिक उपचार गर्न र औषधि लिन दैनिकजसो २० देखि ३० बिरामी पुग्ने गरेका छन । दिनमा एक/दुई जना सेवाग्राही आउने कार्यालयमा दैनिक २० जनाभन्दा बढी मानिस सेवा लिन आउने गरेको आयुर्वेद स्वास्थ्य केन्द्र दार्चुलाले जनाएको छ ।

maya metro hospital

स्वास्थ्य केन्द्रमा ग्याष्ट्रिक, बाथरोग, कब्जियत, पायल्स, हातखुट्टा दुख्ने, रुघाखोकी जस्ता समस्या लिएर बिरामीहरू आउने गरेको केन्द्रका निमित्त प्रमुख रंगलाल महतले बताए । उनका अनुसार गत आर्थिक वर्ष ०७८/०७९ मा आयुर्वेद स्वास्थ्य केन्द्रबाट १० हजार ५ सय २६ जनाले सेवा लिएका थिए । जसमा महिला ५ हजार १ सय ४२ जना र पुरुष ५ हजार ३ सय ८४ जना छन । यो तथ्यांक गत विगतका वर्षहरूभन्दा धेरैले बढि भएको उनको भनाई छ ।

joshi vada pasal 2

प्रायःजसो सुनसान रहने आयुर्वेद संस्थाहरू देश संघीयतामा गई सकेपछि सरकारको लगानी तथा जनताको पहुँच बढ्दै गएको हो । आयुर्वेद स्वास्थ्य केन्द्रमा आउने सेवाग्राहीको संख्या पछिल्लो समयमा बढ्दै गएको केन्द्रका निमित्त प्रमुख महतले बताए । घरेलु रुपमा आयुर्वेद पद्धतिबाट उपचार गर्नेहरू पनि अहिले आयुर्वेद स्वास्थ्य केन्द्र आइपुग्ने गरेका छन ।

जिल्लाको मार्मा, नौगाड, ब्याास गाउँपालिका र लेकम गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्रहरूबाट स्थानीयले सेवा पाएका छन् । अन्य जिल्लाका सबै स्थानीय तहमा आयुर्वेद सेवा सञ्चालनमा रहेको केन्द्रले जनाएको छ । ग्रामिण क्षेत्रका सर्वसाधारण बिरामी नागरिक आरोग्य सेवा केन्द्रहरूबाट सेवा दिइरहेको महतको भनाइ छ । उनले स्थानीय स्तरमा उपलब्ध हुने जडिबुटी जस्तै कालो हलेदो, ऐरेन्टको प्रयोग गर्दै स्टिम वाथ सञ्चालनमा ल्याई उपचार गरिरहेको छ ।

आयुर्वेद स्वास्थ्य केन्द्रमा महिला बिरामीको लागि महिला अभ्यंगकर्ता र पुरुष बिरामीका लागि पुरुष अभ्यंगकर्ता कर्मचारीबाट स्टिम वाथ सेवा प्रदान गरिने उनले बताए । पछिल्लो समय कार्यालयले ल्याव सेवासमेत सञ्चालनमा ल्याएको छ । ‘केन्द्रमा आउने बिरामीहरूको निःशुल्क ल्याव परिक्षण गरी आयुर्वेदिक औषधिहरू प्रदान गरिएको छ’ निमित्त प्रमुख महतले भने, ‘केन्द्रबाट नियमित बिरामी जाँच, विशेषज्ञ सहितको निःशुल्क आयुर्वेद शिविर, विद्यालय आयुर्वेद कार्यक्रम, योग शिविरहरू सञ्चालन गरी सेवा दिँदै आएका छौँ ।’

केन्द्रका अनुसार यस्तै ‘स्वस्थ जीवन’ कार्यक्रमअन्तर्गत प्रत्येक दिन जिल्ला सदरमुकामस्थित विकास संगठनको हलमा योग प्रशिक्षकबाट योगका प्रोटोकलहरू सिकाइन्छ । योगका प्रोटोकल समापनपछि कार्यक्रममा सहभागी सबैलाई एक क्याप्सुल शिलाजित सहित अमृत चिया पनि पिलाउने गरिएको छ ।

प्रत्येक शनिबारको दिन प्राविधिक कर्मचारीबाट सहभागीहरूको मधुमेह, रक्तचाप, तौल आदिसमेत चेकजाँच गर्ने गरिन्छ । केन्द्रले अहिले दैनिक बिरामी चेकजाँच, पन्चकर्म तथा परामर्श लगायतका सेवाहरू प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.