अत्तरिया चोक सुधारमा ध्यान दिउँ

सुदूरपश्चिमको मुटुका रुपमा चिनिएको अत्तरिया चोकको अवस्था नाजुक छ । प्रदेशमा आएका स्थानीय एवम् राष्ट्रिय मात्रै नभई अन्र्तराष्ट्रियस्तरका व्यक्तित्वहरु आवत जावतको स्थानका रुपमा रहेको अत्तरिया चोक व्यवस्थीत नहुँदा कुरुप बन्दै गएको छ । प्रदेशका सात पहाडी जिल्ला तथा कैलालीको सदरमुकाम धनगढी र कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर जाने प्रमुख प्रवेशद्वारका रुपमा रहेको अत्तरिया चोकमा कुनै समय राजा महेन्द्रको शालिक थियो ।

चारैतिर साना साना मिलेका बोटविरुवाहरु र बिचमा शालिक छदा चोकको सुन्दरताले मन लोभिन्थ्यो । तर २०६२÷६३ को जनआन्दोलनमा तोडफोडपछि राजा महेन्द्रको शालिक तोडियो । वरपर रहेका साना साना बोटविरुवाहरु रहेपनि सडकबाट उड्ने धुवाधुलोले मैलो देखिने गर्छन । पहिलो पटक स्थानिय तह आएपछि बनेको गोदावरी नगरपालिकाले उक्त चोकमा बिलबोर्ड राख्ने निर्णय ग¥यो । तर सम्झौता अनुसार काम नभएपछि उक्त बिल बोर्डले नै अहिले चोकलाई सबैभन्दा बढी कुरुप बनाएको छ ।

joshi vada pasal 2
bishal shuit house

स्थानीय केही व्यक्तिहरुको अगुवाईमा राजा महेन्द्रको शालिक भने चोकमा पुनः राखियो । ईतिहास बचाउने भन्दै केही युवाहरुको समुहले रकम संकलन गर्दै चोकमा राजा महेन्द्रको शालिक पुनः अनावरण गरेको हो ।

शालिक राखिएपनि मुख्य रुपमा बिलबोर्डका कारण चोकको सुन्दरता हराएको छ । बिलबोर्ड व्यवस्थीत भएको भए त्यसमा प्रदेशकै पर्यटकिय क्षेत्रहरुका तस्बिरहरु राख्दा चोकको सुन्दरतामा निखार आउने भएपनि अहिले त्यो बिलबोर्ड आधा च्यातिएको छ । बिलबोर्डको निर्माण गर्ने वा त्यसलाई हटाउने भन्ने विषयमा पछिल्ला दिनहरुमा शान्त बसेको नगरपालिका यो आर्थिक वर्षमा केही जगमगाएको देखिन्छ ।

maya metro hospital

नयाँ निर्वाचन जनप्रतिनिधिले बिलबोर्डलाई हटाएर चोकलाई व्यवस्थीत बनाउने निर्णय गरेको सुन्नमा आएको छ । यदी उक्त कार्य सम्पन्न भए, नगरको मुख्य समस्यालाई समाधान गर्ने नयाँ जनप्रतिनिधिहरु प्रति सबै नगरबासी नतमस्तक हुनेछन ।

चोकको सुन्दरता फेर्न र चोकको सुधार गर्न नगरपालिका र सम्बन्धीत सबैपक्षहरुले आजैदेखि ध्यान दिन जरुरी छ । चोक नगरको मुटु हो, यो हराभरा र सुन्दर देखिए सबैको नजरमा नगर पनि सुन्दर भएको आभाष हुनेछ । त्यसैले नव निर्वाचित जनप्रतिनिधिहरुले जतिसक्दो चाँडो चोकको सुधारमा ध्यान दिउँ ।

texas
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.