बैतडीका स्थानीय तहको बेरुजु रकम डेढ अर्व नाघ्यो

बैतडी – बैतडीका स्थानीय तहहरुको बेरुजु रकम डेढ अर्व नाघेको छ । हरेक बर्ष बेरुजु रकम बढ्दै गएपछि जिल्लाका स्थानीय तहहरुको जम्मा बेरुजु रकम डेढ अर्ब नाघेको हो ।

maya metro hospital

महालेखा परीक्षकको प्रतिवेदन अनुसार आर्थिक बर्ष २०७७/७८ सम्म बैतडीका स्थानीय तहहरुमा १ अर्ब ५७ करोड ५ लाख ४२ हजार बेरुजु रकम देखिएको छ । यो मध्ये केही असुल उपर गर्नुपर्ने बेरुजु रकम रहेको छ भने केही कागजपत्र अपुग भएको बेरुजु रकम रहेको छ ।

जिल्लाको सबैभन्दा बढी बेरुजु रकम दशरथचन्द नगरपालिकामा रहेको छ । उक्त नगरपालिकामा ३४ करोड १५ लाख ५० हजार रुपैया बेरुजु रकम रहेको महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख छ । यस्तै डिलाशैनी गाउँपालिकामा २२ करोड ६६ लाख ६० हजार, सिँगास गाउँपालिकामा १७ करोड ७ लाख ६७ हजार, सुर्नया गाउँपालिकामा १५ करोड ३४ लाख ९९ हजार र पञ्चेश्वर गाउँपालिकामा १४ करोड ९९ लाख ३७ हजार बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ ।

attariya hospital

यसका साथै जिल्लाको पुर्चौंडी नगरपालिकामा १२ करोड ४१ हजार १७ हजार, शिवनाथ गाउँपालिकामा ११ करोड २७ लाख ३३ हजार, मेलौली नगरपालिकामा ९ करोड ९१ लाख ८० हजार, पाटन नगरपालिकामा ९ करोड ३१ लाख ७२ हजार र दोगडाकेदार गाउँपालिकामा ८ करोड ८९ लाख २७ हजार बेरुजु रकम रहेको छ ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.