राष्ट्रपति रनिङ शिल्डमा मेडल प्राप्त गर्ने कैलालीका ४ जना कराँते खेलाडी सम्मानित

अत्तरिया – राष्ट्रपति रनिङ शिल्डमा कराँतेतर्फबाट गोल्ड मेडल र सिल्भर मेडल प्राप्त गर्ने कैलालीका खेलाडीहरुलाई सम्मानित गरिएको छ । बिहिबार राष्ट्रिय करातेँ दो संघ कैलाली शाखाले एक कार्यक्रमको आयोजना गर्दै जिल्लाको धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाका ४ जना खेलाडीहरुलाई सम्मानित गरेको हो ।

maya metro hospital

शाखाका अध्यक्ष धनन्जय कठायतको सभापत्विमा आयोजित कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्ट रहेका थिए भने विशिष्ठि अतिथिमा राष्ट्रिय कराँते दो संघ नेपालका केन्द्रिय महासचिव प्रकाश चन्द रहेका थिए । कार्यक्रममा बोल्दै नगरप्रमुख भट्टले खेलकुदले मानिसलाई स्वास्थ्य राख्न र अनुशासित बनाउन मद्दत गर्ने बताए । उनले खेलकुदका माध्यमल नै नगरको पहिचान हुने भएकाले खेलकुदका लागी नगरपालिका सदैव तत्पर रहेको बताए ।

joshi vada pasal 2

आफु हिजोका दिनमा पनि खेलकुद को विकाशका लागी आवद्ध भएको बताउदै उनले आगामी दिनहरुमा पनि त्यसका लागी अग्रसर बन्न तयार रहने बताए । ‘हिजोका दिनमा पनि म तपाईहरुको साथमा थिए, आफुले गर्न सक्ने सहयोगको लागी हमेशा अग्रसर थिए’ उनले भने ‘आज पनि म तपाईहरुकै साथ मा छु, जुन आशा र अपेक्षा तपाईहरुले म प्रति गर्नुभएको छ, पक्कै पनि म तपाईहरुलाई निराश बनाउने छैन ।’ उनले प्रतियोगीतामा गोल्ड तथा सिल्भर मेडल प्राप्त गर्ने खेलाडीहरु भविष्यमा पक्कै पनि प्रगतीको पथमा अग्रसर हुने विश्वास लिएको बताए ।

यसैगरी कार्यक्रममा बोल्दै राष्ट्रिय गोजुरियो कराँते दो संघ नेपालका केन्द्रिय महासचिव प्रकाश चन्दले राष्ट्रियस्तरको प्रतियोगीतामा सुदूरपश्चिम प्रदेश कराँतेमा पहिलो पटक दोस्रो स्थान हासिल गर्न सफल भएको बताए । उनले कराँतेमा प्रदेशकै यो पहिलो सफलता भएको बताए । उनले कराँतेमा यस क्षेत्रबाट सम्भावनाहरु भएकाले स्थानिय सरकार भएको हैसियतले नगरपालिकाले यहाँका खेलाडीहरुको विकाशका लागी पहल थाल्नुपर्ने बताए । उनले कराँतेमा गोल्ड मेडल प्राप्त गर्ने खेलाडीहरुलाई संघको तर्फबाट नगद रु. १० हजार प्रदान गरिने समेत बताए ।

गत असार २८ गतेदेखी ३० गतेसम्म राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता आयोजना भएको थियो । प्रतियोगीतामा कैलालीको गोदावरी नगरपालिकाका पुजा सुनार र विष्णु बि.क ले मेडल प्राप्त गरेका थिए भने धनगढीका पुष्पा मडै र गरिमा मल्लले मेडल प्राप्त गरेका थिए । विष्णुले ४२ किलो तौल समुहबाट र पुष्पाले ४५ किलो तौल समुहबाट गोल्ड मेडल प्राप्त गरेका थिए भने पुजाले ४० किलो तौल समुहबाट र गरिमा मल्लले ५० किलो तौल समुहबाट सिल्भर मेडल प्राप्त गरेकी थिईन । यसैगरी प्रतियोगीतमा कोचको रुपमा रहेका जिल्ला खेलकुद समिति कञ्चनपुरका अध्यक्ष कुवेर खड्कालाई पनि सम्मानित गरिएको थियो ।

यसैबिच सोही कार्यक्रममा राष्ट्रिय गोजुरियो कराँते दो संघ नेपालका केन्द्रिय महासचिव चन्दले खेलाडी तथगा कोचलाई ट्रयाक सुट वितरण गरेका थिए । उनले प्रतियोगीतामा मेडल प्राप्त गर्ने खेलाडी र मेडल दिलाउन महत्वपुर्ण भुमिका निर्वाह गर्ने कोचलाई ट्रयाक सुट वितरण गरेका हुन ।

प्रतियोगीतामा सुदूरपश्चिमबाट विभिन्न ६ विधामा ११ जना खेलाडीहरु सहभागी भएका थिए । कराँतेतर्फ भने प्रदेशबाट १२ जना खेलाडीहरु सहभागी थिए । प्रतियोगीतामा सुदूरपश्चिम प्रदेश पहिलो पटक तृतिय स्थान हासिल गर्न सफल भएको थियो भने कराँतेमा द्धितिय स्थान हासिल गर्न सफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.