अत्तरिया – कैलालीको अत्तरिया बजार क्षेत्रका रहेका ठेलागाडा व्यवस्थापन गरिदिन माग गरिएको छ । अत्तरियाका व्यवसायीहरुले गोदावरी नगरपालिका र अत्तरिया उद्योग बाणिज्य संघलाई बजारमा रहेको ठेलागाडा, फुटपाथ व्यवसायीलाई व्यवस्थित गरिदिन माग गरेका हुन ।

सोही माग सहित व्यवसायीहरुले बुधबार टेकेन्द्र भट्टराईको संयोजकत्वमा अत्तरियाका करिब २८५ व्यवसायीहरुले हस्ताक्षर सहित नगरपालिका र उद्योग वाणीज्य संघलाई ज्ञापन पत्र बुझाएका छन ।

ज्ञापन पत्रमा दिन प्रतिदिन अत्तरियामा फुटपाथ व्यवसायी र ठेलागाडाको संख्या बढ्दै गएकोले त्यसको मार अनुमति लिएर व्यवसाय संचालन गरिरहेका व्यवसाय परेको उल्लेख छ ।
‘सुदूरपश्चिमको प्रवेशद्धार अत्तरिया कैलालीमा फुटपाथ व्यवसायी र ठेलागाडा, व्यवसायी दिनप्रतिदिन बढ्दै गएको र कुनै पनि सरकारी निकायमा दर्ता बिना संचालनमा आएका जसले सरकारलाइ प्रत्यक्ष कर तिर्दै, दर्ता गरी, घरभाडा तिरी व्यवसाय संचालन गर्दै आएका व्यवसायीलाई प्रत्यक्ष मार पर्नुका साथै बजारको सौन्दर्यता पनि दिनप्रतिदिन कुरुप बन्दै गएको छ’ ज्ञापन पत्रमा भनिएको छ ‘सरोकारवाला संग समन्वय गरी समयमै बजार व्यवस्थापन गरी समस्याको निकास गरिदिन हुन अनुरोध गर्दछौ ।’